कोरोना त्रास : ९ कक्षासम्मको परीक्षा चैत ५ भित्र सक्न निर्देशन « Khabarhub

कोरोना त्रास : ९ कक्षासम्मको परीक्षा चैत ५ भित्र सक्न निर्देशन


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसारभर कोरोना (कोभिड-१९) भाइरसको संक्रमण बढेसँगै शिक्षा मन्त्रालयले चैत ५ गतेभित्र कक्षा ९ सम्मको परीक्षा सक्न निर्देशन दिएको छ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको हो।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ- ‘विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सन्त्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनु उपयुक्त भएकाले विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने अवस्था गर्न गराउन तथा विद्यालयमा सभा, सभारोह, वार्षिक उत्साव लगायत जनभेला हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न, नगराउन यस मन्त्रालय सम्बन्धित सबैमा आह्वान गर्दछ ।’

सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) चैत ६ देखि १५ गतेसम्म हुने कार्यतालिका सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ३९ बजे

भारत–न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर, शतप्रतिशत भारतीय निर्यात करमुक्त

नयाँदिल्ली– भारत र न्यूजील्याण्डबीच द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि नयाँ युगको

अर्थतन्त्रमा गम्भीर दबाब : सञ्चित कोषमा सवा खर्ब घाटा, सार्वजनिक ऋण १० वर्षमा दोब्बर, तिर्नै मुस्किल

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको ७६ बुँदे

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

टीकापुर– कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना गर्न

सांसदहरूको सुझाव : निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र अघि बढाऔं

काठमाडौं– सांसदहरूले निजी क्षेत्रको मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि

यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे ७६