शीर्ष स्थानको एपीएफ र पुलिस क्लबबीच ५ अंकको अन्तर | Khabarhub Khabarhub

शीर्ष स्थानको एपीएफ र पुलिस क्लबबीच ५ अंकको अन्तर


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–१४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफ क्लबले विजयी यात्रा कायम राखेको छ । शनिबार ढोरपाटन भलिबल क्लबको कोर्टमा भएको खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ४—१ को सेटमा पराजित गर्र्दै ३९ अंक बनाएको छ ।

जसमा एपीएफ पहिलो सेटमा २२—२५ ले पराजित भएको थियो भने त्यसपछि लगातार २५–७, २५–१७ र २५–२१ को सेटमा पराजित गरेको थियो ।

यस्तै, अर्को खेलमा नेपााल प्रहरीको पुलिस क्लबले दाङलाई ३—० को सेटमा पराजित गरेको थियो । जसमा पुलिसले दाङलाई २५–१२, २५–१० र २५–९ को सेटमा पराजित गरेको थियो । पश्चिमाञ्चल भलिबल क्लबले सेव भलिबल क्लबलाई २५–९, २९–२७ र २५–८ को सेटमा पराजित गरेको थियो ।

दोस्रो स्थानमा रहेको पुलिसको ३४ अंक तथा आर्मीको २९ अंक रहेको छ भने पश्चिमाञ्चलको २२ अंक रहेको छ ।

त्यस्तै, १४—१४ वटा खेल खेलेका सेवको १४, चितवन टाइगर्सको १३ तथा श्रीगाउँको ११ अंकरहेको छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ३६ बजे

मैले हर्कलाई छोडेको होइन, बेवास्ता गरेपछि कुलमानसँग जोडिएँ : डकेन्द्रसिंह थेगिम (अन्तर्वार्ता)

काठमाडौं- डकेन्द्रसिंह थेगिम शिक्षण पेशाबाट अवकाशपछि २०८१ वैशाख १५ गतेको

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

काठमाडौं– नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब

मधेशमा सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव, प्रदेश सभा सचिवालयमै दुई पक्षबीच कुटाकुट

काठमाडौं- पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सात दलले मधेश प्रदेशका

आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण

काठमाडौं– नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई