सलाद मन पर्छ ? यस्ता छन् सलाद खानुका ५ फाइदा « Khabarhub

सलाद मन पर्छ ? यस्ता छन् सलाद खानुका ५ फाइदा


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्यतया विभिन्न प्रकारका काँचो फलफूल तथा सागसब्जीहरू मिसाएर बनाइएको एक खाद्य परीकार हो, सलाद ।

प्याज, गोलभेंडा, काँक्रो, गाजर, मुला, साग, मेवा, स्याउ, अनार, केरा, अम्बा जस्ता फलफूल र सागसब्जी काटेर बनाइने परीकार नै सलाद हो।

सलाद खानुको धेरै फाइदाहरु छन् । सलाद खानुका मुख्य ५ फाइदा यस्ता छन् –

१. आँखाको ज्योती राम्रो बनाउँछ

सातामा ३ पटक भन्दा बढि सलाद खानेहरुमा आँखाको ज्योती तेजिलो हुने गर्दछ ।

सलादमा प्रयोग हुने तरकारी तथा फलफुलमा हुने भिटामिन एले आँखाका लागि फाइदा पुर्‍याउँछ ।

 २. अनिन्द्रा हटाउन

नियमित सलाद खानेहरुमा अनिद्राको समस्या कम हुन्छ ।

सलादको सेवनले मानिसमा पर्याप्य निन्द्रा पाउन सहयोग गर्दछ । सलादबाट पाइने लेक्दुकोरियम नामक तत्वले निन्द्रा जगाउने काम गर्दछ ।

३. पाचन प्रक्रियामा सुधार

सलादमा फाइबरको मात्रा पर्याप्त हुन्छ जसले पाचनक्रियालाई राम्रो बनाउँछ ।

साथै कब्जियतको समस्या पनि कम गर्दछ । सलाद खाएपछि पेट भारी हुदैन । शरीर हल्का हुन्छ ।

४. रोगप्रतिरोधात्मक शक्ति बढाउन

रोगसंग लड्ने क्षमता अर्थात रोगप्रतिरोधात्मक शक्ति बढाउन सलादको सेवन लाभदायक मानिन्छ ।

सलादमा समावेश एन्टिअक्सिडेन्टले इम्यूनिटी पावर बलियो बनाउँछ ।

५. मोटोपन घटाउन

पोषक तत्वहरुको मात्रा धेरै हुने सलादमा क्यालोरीको मात्रा कम हुन्छ । तसर्थ मोटोपन कम गर्ने चाहनामा हुनेहरुले नियमित सलाद खाएमा केहि दिनभित्रै वजन घट्न शुरु हुन्छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : ३७ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको