यात्रुलाई अलपत्र छाडेर पानीजहाजबाटै हाम फाले क्याप्टेन, यस्तो छ कारण | Khabarhub Khabarhub

यात्रुलाई अलपत्र छाडेर पानीजहाजबाटै हाम फाले क्याप्टेन, यस्तो छ कारण


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चाहे जलयात्रा होस् वा हवाई यात्रा । चाहे सडक यात्रा नै किन नहोस् ।

हरेक सवारी साधनमा चालक आवश्यक हुन्छ । चालकबिना सवारी साधन चल्दैन । तर यदि कोहि चालक यात्रु भरीएको सवारीबाट हाम फाले भने के होला ?

म्यानमारमा एउटा पानीजहाजका क्याप्टेन पानीमा हाम फालेको घटना अहिले सर्वत्र चर्चामा छ ।

म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले भरिएको पानिजहाजबाट सोहि जहाजका क्याप्टेन अचानक पानिमा हाम फाले ।

६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हाम फालेका हुन् । तर उनी यसरी पानिमा हाम फाल्नुको कारण भने निकै रोचक एवम् मार्मिक छ ।

खासमा उनी पानीजहाज लिएर डाला पोर्टबाट प्रस्थान गर्ने क्रममा थिए । यतिकैमा एक महिला अचानक जहाजबाट पानीमा खसिन् ।

महिला खसेकै ठाउँ तर्फ अर्को जहाज आउँदै थियो । यदि तत्काल उनलाई उद्धार नगरिएको भए ति महिलाको ज्यान जान सक्थ्यो ।

त्यसैले डुब्न लागेकी महिलालाई बचाउनका क्याप्टेन यु पानीजहाजबाट हाम फाले ।

क्याप्टेन यु विगत ४० वर्षदेखि जहाजमा काम गर्दै आएका छन् । यस क्रममा उनले सयौंलाई बचाइसकेका छन् ।

उनी भन्छन्,  ‘अब म मरे भने पनि फरक पर्दैन, म बुढो भए  । तर अकालमा कोहि युवा नमरुन् । त्यही सोचेर म जहाजबाट हाम फालेको थिएँ ।’

उद्धारपछि ती महिलालाई स्थानीय अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : ५२ बजे

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

भक्तपुर – मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको

द क्लिफमा हाइलाइन अभ्यास

काठमाडौं- पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन

नागरिक समूहको अध्यक्षमा दाहाल

काठमाडौं– सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि

रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु