डा युवराज खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त | Khabarhub Khabarhub

डा युवराज खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्रीमा डा युवराज खतिवडा पुन नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् ।

संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री ओलीले सम्हाली आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार पनि मन्त्री खतिवडाले नै सम्हाल्ने विज्ञप्तिमा जनाइएको छ ।

नवनियुक्त अर्थमन्त्री खतिवडालाई आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । ४ बजे शपथको तयारी गरिएको शीतलनिवास स्रोतको भनाइ छ ।

राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार(हिजो) सकिएको हो ।

गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका डा खतिवडासहित १९ जनाको पदावधि सकिएको हो ।

धारा ७८ को उपधारा १ मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने ‘ उल्लेख छ ।

तर नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले छ महीनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु पर्ने व्यवस्था उपधारा २ मा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : ३४ बजे

आज श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौं– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् – छलफल उपलब्धिमूलक भए पनि कुनै सम्झौता भइसकेको छैन

अलस्का – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ३१ गते शनिबार। भाद्र