बीजेपी मन्त्रीकी छोरीको शाही विवाह, लाखौंलाई निम्ता, ५ सय करोड खर्च ! | Khabarhub Khabarhub

बीजेपी मन्त्रीकी छोरीको शाही विवाह, लाखौंलाई निम्ता, ५ सय करोड खर्च !


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जति धेरै संख्यामा विवाहका लागि निमन्त्रण गरिन्छ यसबाट के थाह हुन्छ भने विवाह धुमधाम र भव्य हुँदैछ ।

त्यसो त भारतको कर्नाटक राज्यका नेताले आफ्नो शक्ति प्रदर्शन गर्ने कुरामा चर्चित रहेका छन् ।

पछिल्लो सयम कर्नाटकका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री बेल्लारी श्रीरामुलुको चर्चा रहेको छ ।

बेल्लारी श्रीरामुलुकी छोरीको विवाह पाँच मार्च अर्थात भोलि हुँदैछ र यो विवाहमा सहभागी हुनका लागि अहिलेसम्म एक लाख जनालाई निम्ता गरिसकिएको छ ।

यतिमात्र होइन । निमन्त्रणा कार्डमा केसर, अलैची, सिन्दुर, बेसार र अक्षता लगाइएको छ ।

बेल्लारी श्रीरामुलुकी छोरी रक्षिता र हैदरबादका उद्योगपति रवि कुरमाको विवाह भन्दा पहिला ९ दिनसम्म चलेको कार्यक्रमको शुरुवात २७ फेब्रुअरीमा उनको गृहजिल्ला बेल्लारीमा भएको थियो ।

करोडौं रुपैयाँ खर्च

बेंगलुरुका एक पाँचतारे होटलमा मेहन्दी कार्यक्रममा रक्षिताका साथी सहभागी भएका छन् र बुधवार विवाहको अघिको कार्यक्रम जारी छ ।

रक्षिताको विवाह भन्दा पहिलो यो विवाहको निकै ठूलो चर्चा मिडियामा भएको थियो र यो विवाहको तुलना पूर्व बीजेपी मन्त्री र अवैध उत्खनन आरोपको सामना गरेका जनार्दन रेड्डीकी छोरी ब्राह्मणीको विवाहसँग तुलना भएको थियो ।

अनाधिकारिक तथ्यांक अनुसार रेड्डी परिवारले उनको विवाहमा ५ सय करोड भारतीय रुपैयाँ खर्च गरेका थिए । यो विवाहलाई पनि रेड्डी परिवारको विवाहसँग तुलना गरिएका कारण ५ सय करोड भन्दा धेरै खर्च हुने अनुमान गरिएको समाचारहरु भारतीय सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् ।

जनार्दन रेड्डीले सधै करुणाकर रेड्डी र सोमशेखर रेड्डीपछि बेल्लारी श्रीरामुलुलाई तेस्रो भाइ मान्छन् ।

तर बेल्लारी श्रीरामुलु अनुसूचित जनताजिसँग सम्बन्ध राख्छन् ।

तर कर्नाटक को राजनीतिमा बेल्लारी श्रीरामुलुलाई सधै रेड्डी ब्रदर्स भनेर बोलाइने गरिएको छ ।

४० एकडमा फेलिएको विवाह स्थल बेंगलुरु प्यालेस ग्राउण्ड्सको २७ एकड हिस्सालाई विवाह, मनोरञ्जन तथा अन्य कार्यक्रमका लागि अलगअलग रुपमा तयार गरिएको छ ।

१५ एकड जमिनलाई पार्किङको लागि तयार गरिएको छ ।

वीरुपक्ष मन्दिर र अन्य मन्दिरलाई खास रुपमा डिजाइन गरिएको छ । सेटमा ३०० जना कलाकार रहेनछन् ।

तस्वीर : श्रीरामुलुको सचिवालय ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : ०४ बजे

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर