प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल, १५ मिनेटपछि ५ सय एमएल पिसाब « Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल, १५ मिनेटपछि ५ सय एमएल पिसाब


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण सकिएको छ ।

बुधवार(आज) त्रिवि शिक्षण अस्पतालमा डा प्रेम राज ज्ञवालीको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला सफल रुपमा प्रत्यारोपण गरेको हो ।

आज विहान १० बजे प्रधानमन्त्री ओलीलाई प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगिएको थियो ।

‘प्रधानमन्त्रीज्यूमा मिर्गौैला प्रत्यारोपणको काम सफता पूर्वक सम्पन्न भएको छ’ प्रा. डा. प्रेमराज ज्ञवालीले भने,‘ प्रत्यारोपण सकिएको १५ मिनेटपछि ५ सय एमएल पिसाव भएको छ ।’

प्रधानमन्त्रीलाई उनकी भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनको अवस्था पनि राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ३ : १३ बजे

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा

सरकारले भन्यो : सहकारीपीडितको रकम फिर्ता गर्ने कानुन बनाउन अध्यादेश सिफारिस

काठमाडौँ । सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि,

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड