गैँडाकोटका जनप्रतिनिधिले सेवा सुविधा नलिने | Khabarhub Khabarhub

गैँडाकोटका जनप्रतिनिधिले सेवा सुविधा नलिने


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले सेवा सुविधा नलिने भएका छन् ।

नगरपालिकाको छैठौँ नगरसभामा नगरप्रमुख छत्रराज पौडेलले प्रस्तुत गरेको सेवा सुविधा लिने बारेको प्रस्ताव नगरसभाले खारेज गरेको हो ।

जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने संवैधानिक व्यवस्था भएकाले केही राहत मिलोस् भनेर समिति बनाएर सुविधा उपलब्ध गराउने तयारी गरिएको भए पनि नगरसभाले उक्त प्रस्ताव अस्वीकृत गरेको नगरप्रमुख पौडेलले बताए ।

नगरसभाले लेखा, सुशासन र विधेयक समिति गठन गर्ने प्रस्ताव अस्वीकृत गरेको छ ।

त्यस्तै नगरप्रमुख पौडेलले सभामा प्रस्तुत गरेको गैँडाकोट नगर शिक्षा विधेयक २०७६ अस्वीकृत भएको उनले जानकारी दिए ।

नगरमा आर्थिक पारदर्शिता राख्न, सुशासन कायम गर्न तथा आवश्यक विधान बनाउनका लागि निर्माण गरिएको समिति नगरसभाले खारेजी गरेको प्रति नगरप्रमुखले दुःख व्यक्त गे । शिक्षा सर्वसुलभ होस् भनेर ल्याइएको विधेयक अस्वीकृत भएको पौडेलको भनाइ छ ।

नगर उपप्रमुख विष्णुकुमारी कँडेलले काँग्रेसका मान्छे समितिमा नराखिएको भन्दै आफूहरुले नगरसभाबाट सबै प्रस्ताव अस्वीकृत गरेको बताए ।

नगर प्रमुख पौडेलले भने समितिमा काँग्रेस, नेकपा र जनमोर्चाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई राखिएको बताए । गैँडाकोटको २८ सदस्यीय नगर कार्यपालिकामा १८ जना काँग्रेसबाट छन् भने ९३ सदस्यीय नगरसभामा ६८ काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ६ : ०० बजे

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

मुस्ताङ – मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको

आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न व्यक्ति गोलीसहित पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको

निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा आएको छः प्रवक्ता महत

ललितपुर – नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको आजको बैठकमा धारणा