कोरोना महामारी : ८४ मुलुकमा संक्रमण, ३२ सय ८५ को मृत्यु, ९५ हजार संक्रमित « Khabarhub

कोरोना महामारी : ८४ मुलुकमा संक्रमण, ३२ सय ८५ को मृत्यु, ९५ हजार संक्रमित


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ८५ पुगेको छ।

८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार ४ सय ३० मानिस संक्रमित भएका छन् ।

चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भईसकेको छ । २ सय ७३ मध्ये ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ ।

चीन बाहिर सबैभन्दा धेरै इटालीमा १ सय ७ जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन २८ जना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो ।

मृत्यु हुनेको संख्या १ सय ७ पुगेसँगै इटालीका सबै बिद्यालयहरु अनिश्चिकालका बन्द गरिएको बीबीसीले जनाएको छ । इटालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ८९ पुगेको छ ।

इरानमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । थप १५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९२ पुगेको हो । त्यहाँ २९ सय २२ जनामा संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा ३५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अहिलेसम्म ५६ सय २१ छ ।

अमेरिकामा अरु २ जना संक्रमितको समेत मृत्यु भएपछि कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । अरु १ सय ५८ जना संक्रमितको अवस्था पनि गम्भिर नै रहेको बताइएको छ ।

जापानमा ६ जना, फ्रान्समा ४ जना, हङकङ, स्पेन, इराक र अष्ट्रेलियामा २/२ जनाको मृत्यु भएको छ । थाइल्याण्ड, सनमारिनो, फिलिपिन्स र ताइवान १/१ जनाको मृत्यु भएको छ ।

चीनबाहिर १४ हजार ९ सय २ जनामा कोरोनाको संक्रमण देखिएको छ भने उपचारपछि घर फर्कने मानिसको संख्या ५३ हजार ६ सय ८८ छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ६ : २८ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको