कोरोना भाइरसको त्रास : ईपीएल लगायतका सबै खेलकुद प्रतियोगिता रोक्ने तयारी « Khabarhub

कोरोना भाइरसको त्रास : ईपीएल लगायतका सबै खेलकुद प्रतियोगिता रोक्ने तयारी



काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरसको सन्त्रास नसकिएसम्मका लागि खेलकुद गतिविधि स्थगन गर्ने तयारी गरेको छ ।

सरकारले सार्वजनिक स्थानमा, सभा सम्मेलन, धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेपछि राखेपले पनि खेलकुद गतिविधि स्थगित गर्ने तयारी गरेको हो ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल राजधानी बाहिर रहेका कारण यसबारे निर्णय गर्न केही ढिलाई भएको उपाध्यक्ष पिताम्बर तिम्सिनाले खबरहबलाई जानकारी दिए ।

संसारभर आतंक मच्चाइरहेको कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए ।

‘सरकारले नै आग्रह गरिसकेपछि हामी पनि त्यसलाई अनुसरण गर्छौं । अहिले हामीले तत्काल भइरहेका र हुने तय भएका खेलकुद गतिविधि तत्कालका लागि रोक्न संघहरुलाई परिपत्र गर्ने तयारी भएको छ,’ उनले भने,‘आज भोलिमै त्यो निर्णय सार्वजनिक हुन्छ । हामीले आन्तरिक रुपमा परिपत्र चाँही गरिसकेका छौं ।’

राजधानीमा अहिले शहिद स्मारक बी डिभिजन लिग भइरहेको छ भने राजधानीबाहिर विभिन्न फुटबल तथा भलिबलका प्रतियोगिताहरु भइरहेका छन् ।

राखेपको पत्रचार अनुसार अब चैत १ देखि हुने भनिएको एभरेष्ट प्रिमिय लिग (ईपीएल) समेत रोकिने उपाध्यक्ष तिम्सिनाले बताएका छन् ।

तर, आहारारा गोल्डकप भने बिहीबार मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १ : १४ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण