कोरोना भाइरसको त्रास : ईपीएल लगायतका सबै खेलकुद प्रतियोगिता रोक्ने तयारी | Khabarhub Khabarhub

कोरोना भाइरसको त्रास : ईपीएल लगायतका सबै खेलकुद प्रतियोगिता रोक्ने तयारी



काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरसको सन्त्रास नसकिएसम्मका लागि खेलकुद गतिविधि स्थगन गर्ने तयारी गरेको छ ।

सरकारले सार्वजनिक स्थानमा, सभा सम्मेलन, धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेपछि राखेपले पनि खेलकुद गतिविधि स्थगित गर्ने तयारी गरेको हो ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल राजधानी बाहिर रहेका कारण यसबारे निर्णय गर्न केही ढिलाई भएको उपाध्यक्ष पिताम्बर तिम्सिनाले खबरहबलाई जानकारी दिए ।

संसारभर आतंक मच्चाइरहेको कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए ।

‘सरकारले नै आग्रह गरिसकेपछि हामी पनि त्यसलाई अनुसरण गर्छौं । अहिले हामीले तत्काल भइरहेका र हुने तय भएका खेलकुद गतिविधि तत्कालका लागि रोक्न संघहरुलाई परिपत्र गर्ने तयारी भएको छ,’ उनले भने,‘आज भोलिमै त्यो निर्णय सार्वजनिक हुन्छ । हामीले आन्तरिक रुपमा परिपत्र चाँही गरिसकेका छौं ।’

राजधानीमा अहिले शहिद स्मारक बी डिभिजन लिग भइरहेको छ भने राजधानीबाहिर विभिन्न फुटबल तथा भलिबलका प्रतियोगिताहरु भइरहेका छन् ।

राखेपको पत्रचार अनुसार अब चैत १ देखि हुने भनिएको एभरेष्ट प्रिमिय लिग (ईपीएल) समेत रोकिने उपाध्यक्ष तिम्सिनाले बताएका छन् ।

तर, आहारारा गोल्डकप भने बिहीबार मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १ : १४ बजे

सरकारले निर्वाचनको वातावरण बनाए कांग्रेस सहभागी हुन्छ : कार्यवाहक सभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण

जेन-जी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा

काठमाडौं– सरकारले ‘जेन-जी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत्

बारा र पर्सामा ८ लाख मानिसले लगाए हैजाविरुद्ध खोप 

काठमाडौं– बारा र पर्सामा ८ लाख मानिसले हैजाविरुद्ध खोप लगाएका

जापानको सेयर बजारमा उछाल, निक्केई सूचकाङ्क ५० हजार नजिक

काठमाडौं- एशियाका प्रमुख सेयर बजारहरूमा मंगलबार उल्लेखनीय वृद्धि भएको छ।

अमेरिका र अष्ट्रेलियाबीच दुर्लभ खनिज तथा धातु खरिदका लागि सम्झौता

वाशिङ्टन- अमेरिका र अष्ट्रेलियाले दुर्लभ धातु र महत्त्वपूर्ण खनिजहरूको आपूर्ति