कोरोना भाइरसको त्रास– ईपीएल क्रिकेट स्थगित « Khabarhub

कोरोना भाइरसको त्रास– ईपीएल क्रिकेट स्थगित



काठमाडौं– चैत १ गतेदेखि १५ गतेसम्म आयोजना हुने भनिएको एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेट कोरोना भाइरसका कारण स्थगित भएको छ ।

आयोजक एभरेष्ट प्रिमियर लिगले विहीवार(आज) पत्रकार सम्मेलन गर्दै ईपीएल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको हो ।

ईपीएलका लागि १२ देशका खेलाडीसँग सम्झौता भइसकेको र सात महिनायता तयारी गरिरहेको भएपनि विश्वका धेरै देशमा कोरोना फैलिएको र नेपाल पनि उच्च जोखिममा रहेका कारण कार्यक्रम स्थगित गर्न लागिएको आयोजकले जनाएको छ ।

सरकारले ठूला जमघट, भेला र कार्यक्रमहरु नगर्न आग्रह गरिरहेको सन्दर्भमा कार्यक्रम स्थगित गरिएको हो ।

‘संघ, खेलाडी र सबै निकायसँग कुरा भइसकेपछि ईपीएल सार्ने योजना बनाएका हौं’आयोजकले भने,‘अर्को सूचना नआएसम्मका लागि प्रतियोगिता सारिएको हो ।’

ईपीएलमा विश्वचर्चित क्रिकेट खेलाडीहरु सहभागी हुने तय भएको थियो । क्रिस गेल, डाइन स्मिथ, हासिम अम्ला लगायतका खेलाडी ईपीएलमा सहभागी हुने भएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  २ : ३५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय