आइएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्डको मनोनयन खुल्यो « Khabarhub

आइएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्डको मनोनयन खुल्यो


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा, कतार – अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटा) ले आइएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्डको दोश्रो संस्करणका लागि मनोनयन खुलेको जानकारी दिएको छ ।

यस अवार्डले हवाई उद्योगका सर्वोत्कृष्ट व्यक्तित्वहरुलाई उनीहरुको योगदानको सम्मान गर्दछ । मनोनयन निम्न ३ श्रेणीका लागि खुला गरिएको छ :

इन्स्पिरेश्नल रोल मोडलः यो सम्मान उद्योगमा संलग्न वरिष्ठ पदमा रहेका उत्कृष्ट महिला कर्मचारीलाई प्रदान गरिनेछ जसले विविधता एवं समावेशीकरणको एजेन्डालाई साथ दिँदै हवाई क्षेत्रमा आफ्नो ठूलो योगदान पु¥याउनुभएको छ । हवाई उद्योगको सम्पूर्ण महिला सहभागीका लागि खुला रहने छ । (आइएटाका सदस्य एवं गैर–सदस्य)

हाई फ्लायरः उड्डयन क्षेत्रका उत्कृष्ट व्यक्तित्वलाई प्रदान गरिने यस सम्मान जसले आफ्नो नेतृत्व शैलीले विविधता एवं समावेशीकरणको पक्षमा ठोस कार्य गर्दै उद्योगमा सकारात्मक प्रभाव पारेका छन् । उड्डयन उद्योगका सम्पूर्ण कर्मचारीका लागि खुला रहने छ । ( आइएटाका सदस्य एवं गैर–सदस्य)

डाइभर्सिटी एण्ड इन्क्लुजन टिम अवार्डः उत्कृष्ट एयरलाइनलाई प्रदान गरिने यस सम्मान जसले विविधता एवं समावेशीकरणमा गरेको कार्यले परिवर्तन अनुभव गरेको छ । आइएटाका सम्पूर्ण सदस्य एयरलाइनका लागि खुला रहने छ ।

मनोनयन ३ मार्चदेखि ३० अप्रिल २०२० सम्म खुल्ला रहने छ । आइएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्ड २०१९ विजेता सम्मिलित स्वतन्त्र प्यानलको निर्णय अनुसार अवार्ड प्रदान गरिने छ । २०२० को अवार्ड २१–२३ जुन २०२० नेदरल्याण्ड्सको एम्स्टर्ड्याममा हुने आइएटाको ७६ औँ वार्षिक साधारण सभा एवं विश्व हवाई यातायात सम्मेलनमा प्रदान गरिने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ३ : १२ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले