भारतमा कोरोनाको प्रभाव : प्राथमिक विद्यालय १ महिना बन्द, प्रधानमन्त्रीको विदेश भ्रमण स्थगित « Khabarhub

भारतमा कोरोनाको प्रभाव : प्राथमिक विद्यालय १ महिना बन्द, प्रधानमन्त्रीको विदेश भ्रमण स्थगित


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा भारतले विशेष सावधानी अपनाउन शुरु गरेको छ ।

भारतले कोरोना भाइरसका कारण राजधानी दिल्लीका सबै प्राथमिक स्कूलहरु एक महिनाका लागि बिदा गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारी कार्यालयमा बायोमेट्रिक हाजिरीमा पनि रोक लगाइएको छ ।

युरोपियन युनियन र भारतका बीच हुनलागेको शिखरवार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तय भएको बेल्जियम यात्रा पनि स्थगित गरिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले फेला परेका कोरोना संक्रमित सबै ३० जनालाई निगरानीमा राखिएको बिहीबार संसदमा जानकारी गराए ।

भारतमा चीन, इटाली, कोरिया र जापान लगायत अन्य देशबाट आएका मानिसहरुमा संक्रमण पाइएको भारतीय मिडियाले जनाएका छन् ।

अहिलेसम्म ६ लाख भन्दा धेरै मानिसहरुको विमानस्थलमा चेकजाँच गरिएको छ । सरकारले सीमा क्षेत्रका गाउँहरुमा सभाका कारण हुने संक्रमणको रोकथामका लागि चेतना बढाइरहेको बताइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : १० बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण