भिसा लगाइदिन्छु भनी ठगी गर्नेबाट सावधान रहन अमेरिकी दूताबासको आग्रह « Khabarhub

भिसा लगाइदिन्छु भनी ठगी गर्नेबाट सावधान रहन अमेरिकी दूताबासको आग्रह


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले अमेरिका पठाइदिन्छु भन्दै कुनै व्यक्तिले ठगी गर्न सक्तेतर्फ सचेत रहन आग्रह गरेको छ ।

केही दिन अगाडि मात्रै एकजना व्यक्तिले विभिन्न व्यक्तिलाई आफू नेपालस्थित अमेरिकी दूतावासको कर्मचारी भएको आश्वासन दिएर अमेरिका पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको पाइएको थियो ।

आफूलाई अमेरिकी दूतावासको कर्मचारी बताएर सर्वसाधारण व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोकको मलेम्ची नगरपालिका–९ का ४१ वर्षीय केदार खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका खड्काले विभिन्न व्यक्तिलाई दीपक कार्की र विकास खड्काको नाममा अमेरिकी दूतावासको नक्कली परिचयपत्र देखाएर अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पार्ने गरेका थिए ।

यसरी उनले विभिन्न व्यक्तिबाट ३० हजारदेखि ४ लाख रुपैयाँसम्म असुलेर ठगी गरेका पाइएको छ ।

अमेरिकी दूतावासले यस्ता व्यक्तिबाट बच्नका लागि सामाजिक सञ्जालमार्फ नेपाली सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सर्वधारणलाई सचेत रहन आग्रह अमेरिकी दूतावासले भनेको छ–

– अमेरिकी भिसा दूतावासबाट मात्रै पाउन सकिन्छ, मुख्यतया अमेरिकी कन्सुलर अफिसरसँगको प्रत्यक्ष अन्तर्वार्तापछि मात्रै,

– अमेरिकी भिसासम्बन्धी सबै कारोबारहरु तोकिएको नेपाल इन्भेस्टमेन्ट बैंक वा दूतावासमा मात्रै गर्नुपर्छ । अमेरिकी दूतावासका कर्मचारीहरुले तपाईंलाई कहिल्यै पनि दूतावासबाहिर रकम माग गर्ने अथवा व्यक्तिगत खातामा रकम हालिदिन आग्रह गर्ने काम गर्दैनन्,

– यदि तपाईंलाई कसैले अनलाइन वा व्यक्तिगत रुपमा तोकिएको बाहेक अन्य माध्यमबाट भिसाको नाममा रकम माग गर्ने या प्रलोभन दिने गरेमा स्थानीय प्रशासनलाई जानकारी गराउनुहोस् ।


प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : ३२ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले