भिसा लगाइदिन्छु भनी ठगी गर्नेबाट सावधान रहन अमेरिकी दूताबासको आग्रह « Khabarhub

भिसा लगाइदिन्छु भनी ठगी गर्नेबाट सावधान रहन अमेरिकी दूताबासको आग्रह


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले अमेरिका पठाइदिन्छु भन्दै कुनै व्यक्तिले ठगी गर्न सक्तेतर्फ सचेत रहन आग्रह गरेको छ ।

केही दिन अगाडि मात्रै एकजना व्यक्तिले विभिन्न व्यक्तिलाई आफू नेपालस्थित अमेरिकी दूतावासको कर्मचारी भएको आश्वासन दिएर अमेरिका पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको पाइएको थियो ।

आफूलाई अमेरिकी दूतावासको कर्मचारी बताएर सर्वसाधारण व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोकको मलेम्ची नगरपालिका–९ का ४१ वर्षीय केदार खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका खड्काले विभिन्न व्यक्तिलाई दीपक कार्की र विकास खड्काको नाममा अमेरिकी दूतावासको नक्कली परिचयपत्र देखाएर अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पार्ने गरेका थिए ।

यसरी उनले विभिन्न व्यक्तिबाट ३० हजारदेखि ४ लाख रुपैयाँसम्म असुलेर ठगी गरेका पाइएको छ ।

अमेरिकी दूतावासले यस्ता व्यक्तिबाट बच्नका लागि सामाजिक सञ्जालमार्फ नेपाली सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सर्वधारणलाई सचेत रहन आग्रह अमेरिकी दूतावासले भनेको छ

– अमेरिकी भिसा दूतावासबाट मात्रै पाउन सकिन्छ, मुख्यतया अमेरिकी कन्सुलर अफिसरसँगको प्रत्यक्ष अन्तर्वार्तापछि मात्रै,

– अमेरिकी भिसासम्बन्धी सबै कारोबारहरु तोकिएको नेपाल इन्भेस्टमेन्ट बैंक वा दूतावासमा मात्रै गर्नुपर्छ । अमेरिकी दूतावासका कर्मचारीहरुले तपाईंलाई कहिल्यै पनि दूतावासबाहिर रकम माग गर्ने अथवा व्यक्तिगत खातामा रकम हालिदिन आग्रह गर्ने काम गर्दैनन्,

– यदि तपाईंलाई कसैले अनलाइन वा व्यक्तिगत रुपमा तोकिएको बाहेक अन्य माध्यमबाट भिसाको नाममा रकम माग गर्ने या प्रलोभन दिने गरेमा स्थानीय प्रशासनलाई जानकारी गराउनुहोस् ।


प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : ३२ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि