१३ औं सागमा पदक विजेता गल्फका खेलाडी सम्मानित  « Khabarhub

१३ औं सागमा पदक विजेता गल्फका खेलाडी सम्मानित 


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल गल्फ संघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई सम्मान गरेको छ।

राजधानीमा कार्यक्रम आयोजना गरी संघले खेलाडीलाई सम्मान गरेको हो। सागमा गल्फमा नेपालले दुई स्वर्ण र दुई कास्य पदक जीतेको थियो।

पुरुष टिम इभेन्ट्समा सुवास तामाङसहितको टोलीले स्वर्ण जितेको थियो भने व्यक्तिगत विधामा पनि सुवास तामाङले स्वर्ण पदक जितेका थिए। जुन नेपाल गल्फ इतिहासमा पहिलो स्वर्ण पदक हो।

स्वर्ण जित्ने खेलाडी शुक्र बहादुर राई, निरज तामाङ, सुवास र टंक बहादुर कार्की रहेका थिए । व्यक्तिगत तर्फ सुवासले पहिलोपटक स्वर्ण जितेका हुन् ।

शुक्र बहादुर राईले व्यक्तिगत तर्फ एक कास्य पदक जितेका थिए। महिलातर्फ कास्य जित्ने टिममा कस्मिरा शाह, रविना श्रेष्ठ र सुस्मा कोइराला थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ०१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी