उपरथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

उपरथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको उपरथीमा बढुवा भएका सुरेश कुमार कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाली सैनिक वार कलेज नगरकोटका प्रमुख रहेका सहायक रथी कार्कीलाई गत फाल्गुन १८ गते बसेको मन्त्रीपरिषद्को बैठकले उपरथीमा बढुवा गर्ने गरेको थियो ।

कार्कीलाई शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सेनामा व्यवसायीक अधिकृतका रुपमा चिनिने कार्कीले चीनबाट नेशनल डिफेन्स कोर्स गरेका छन् ।

कार्कीले नगरकोटमा कार्यरत हुंदा राम्रो काम गरेको भन्दै प्रधानसेनापति थापाले एक वर्ष कमाण्ड गर्न पाउनेमा १७ महिना जिम्मेवारीमा राखेका थिए ।

उपरथी दर्जामा पदोन्नति भएका उपरथी कार्कीलाई रणनितीक हिसावले समेत महत्वपूर्ण मानिने मध्य पूर्वी पृतना हेडक्वाटरमा पृतनापतिको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : २३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय