कोरोना भाइरसका कारण इरानी विदेशमन्त्रीका सल्लाहकारको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण इरानी विदेशमन्त्रीका सल्लाहकारको मृत्यु


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– कोरोना भाइरसले इरानी विदेशमन्त्रीका एकजना सल्लाहकारको मृत्यु भएको छ ।

सन् १९७९ मा अमेरिकी दूतावासको बन्दी संकटका बेला समेत भूमिका खेलेका होसेन शेइखओलसलेमको कोरोना भाइरका कारण मृत्यु भएको इरानको इर्ना समाचार संस्थाले जनाएको छ ।

इर्नाले जनाएअनुसार उनको बिहीबार मृत्यु भएको हो । उनी इरानी विदेशमन्त्री जवाद जरिफका सल्लाहकारको भूमिकामा थिए ।
उनले यसअघि सिरियाका लागि इरानको राजदूतका रुपमा समेत काम गरेका थिए । त्यसबाहेक उनी सन् १९८१ देखि १९९७ सम्म इरानको उपविदेशमन्त्रीको जिम्मेवारीमा थिए ।

कोरोना भाइरसका कारण इरानमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ भने अरु ३ हजार ५ सय १३ जना संक्रमित छन् । मारिनेमध्ये ६ जना उच्च सरकारी एवं राजनीतिक पदाधिकारी छन् ।

सन् १९७९ मा राजधानी तेहरानमा रहेको अमेरिकी दूतावासमा कूटनीतिक बन्दी संकटका बेला उनी विद्यार्थीका रुपमा संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरस इरानका सबै ३१ प्रान्तहरुमा फैलिसकेको छ । यसको रोकथामका लागि इरानले विश्वविद्यालयहरु बन्द गरेको छ भने अन्य साँस्कृतिक र खेलकुद गतिविधि पनि बन्द गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ३२ बजे

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– गाजमा मारिएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार

११ दिनदेखि ठप्प मेची राजमार्ग खुल्यो

काठमाडौं– माईजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक