पर्सामा भाइरल इन्फ्लुएन्जाका संक्रमित बढे « Khabarhub

पर्सामा भाइरल इन्फ्लुएन्जाका संक्रमित बढे


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौसम परिवर्तनसँगै पर्सामा भाइरल इन्फ्लुएन्जाबाट सङ्क्रमति रोगीको सङ्ख्यामा वृद्धि भएको छ ।

बदलिँदो मौसमका कारण तापक्रममा हुने अस्वाभाविक परिवर्तनले जिल्लामा रुघाखोकी र ज्वरोका रोगीको सङ्ख्या बढेको हो ।

दिनभरि चर्को घाम लाग्ने र बिहान बेलुका हुने चिसोका कारण भाइरल इन्फ्लुएन्जाका रोगीको सङ्ख्या बढेको चिकित्सकको भनाइ छ । एक सातायता नारायणी अस्पतालमा आउने इन्फ्लुएन्जाबाट सङ्क्रमित रोगीको सङ्ख्या अत्यधिक वृद्धि भएको अस्पतालले जनाएको छ ।

अस्पतालको बहिरङ्ग विभागमा उपचारका लागि आउने रोगीमध्ये दुई तिहाईभन्दा बढी इन्फ्लुएन्जाबाट सङ्क्रमित बिरामी रहेको चिकित्सकले बताएका छन् ।

इन्फ्लुएन्जाबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा शैलेश ठाकुरले बताए । उनले रुघाखोकी र कडा ज्वरोबाट ग्रसित भएका दैनिक २०० भन्दा बढी बालबालिका उपचारका लागि अस्पताल आउने गरेको जानकारी दिए ।

मौसम परिवर्तनसँगै हुने बिरामीलाई जोगाउन तातो झोल पर्दाथको सेवन बढाउनुका साथै सरसफाइमा ध्यान दिन डा ठाकुरले सर्वसाधारणलाई आग्रह गरे । उनले नियमित साबुन पानीले हात धुनुका साथै चिसो हावाबाट बालबालिकालाई जोगाए मौसमी रोगबाट बचाउन सकिने सुझाव दिए ।

रोग प्रतिरोधात्मक क्षमता कम भएकै कारण बालबालिका तथा वृद्धवृद्धा मौसमी रोगबाट बढी सङ्क्रमित हुने गरेको इर्मेजेन्सी रोग विशेषज्ञ डा उदयनारायण सिंहले जानकारी दिए । उहाँले हरियो सागसब्जी तथा फलफूलको प्रयोग बढाउनुका साथै नियमित व्यायाम गरे मौसमी सङ्क्रमणबाट जोगिन सकिने बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : ५२ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६