पर्सामा भाइरल इन्फ्लुएन्जाका संक्रमित बढे | Khabarhub Khabarhub

पर्सामा भाइरल इन्फ्लुएन्जाका संक्रमित बढे


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौसम परिवर्तनसँगै पर्सामा भाइरल इन्फ्लुएन्जाबाट सङ्क्रमति रोगीको सङ्ख्यामा वृद्धि भएको छ ।

बदलिँदो मौसमका कारण तापक्रममा हुने अस्वाभाविक परिवर्तनले जिल्लामा रुघाखोकी र ज्वरोका रोगीको सङ्ख्या बढेको हो ।

दिनभरि चर्को घाम लाग्ने र बिहान बेलुका हुने चिसोका कारण भाइरल इन्फ्लुएन्जाका रोगीको सङ्ख्या बढेको चिकित्सकको भनाइ छ । एक सातायता नारायणी अस्पतालमा आउने इन्फ्लुएन्जाबाट सङ्क्रमित रोगीको सङ्ख्या अत्यधिक वृद्धि भएको अस्पतालले जनाएको छ ।

अस्पतालको बहिरङ्ग विभागमा उपचारका लागि आउने रोगीमध्ये दुई तिहाईभन्दा बढी इन्फ्लुएन्जाबाट सङ्क्रमित बिरामी रहेको चिकित्सकले बताएका छन् ।

इन्फ्लुएन्जाबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा शैलेश ठाकुरले बताए । उनले रुघाखोकी र कडा ज्वरोबाट ग्रसित भएका दैनिक २०० भन्दा बढी बालबालिका उपचारका लागि अस्पताल आउने गरेको जानकारी दिए ।

मौसम परिवर्तनसँगै हुने बिरामीलाई जोगाउन तातो झोल पर्दाथको सेवन बढाउनुका साथै सरसफाइमा ध्यान दिन डा ठाकुरले सर्वसाधारणलाई आग्रह गरे । उनले नियमित साबुन पानीले हात धुनुका साथै चिसो हावाबाट बालबालिकालाई जोगाए मौसमी रोगबाट बचाउन सकिने सुझाव दिए ।

रोग प्रतिरोधात्मक क्षमता कम भएकै कारण बालबालिका तथा वृद्धवृद्धा मौसमी रोगबाट बढी सङ्क्रमित हुने गरेको इर्मेजेन्सी रोग विशेषज्ञ डा उदयनारायण सिंहले जानकारी दिए । उहाँले हरियो सागसब्जी तथा फलफूलको प्रयोग बढाउनुका साथै नियमित व्यायाम गरे मौसमी सङ्क्रमणबाट जोगिन सकिने बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : ५२ बजे

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा