कोरोना भाइरस : मृत्यु हुनेको संख्या ३४ सय पुग्यो, एक लाख संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस : मृत्यु हुनेको संख्या ३४ सय पुग्यो, एक लाख संक्रमित


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा महामारीमा रुपमा फैलँदै गरेको कोरोना भाइरसको संक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय पुगेको छ ।

अहिलेसम्म एक लाखभन्दा बढी मानिस प्रभावित भएको सीएनएनले जनाएको छ ।

कोरोनाको संक्रमण फैलने देशको संख्या पनि ८७ पुगेको छ ।

चीनमा मात्रै ८० हजार ५ सय प्रभावित भएका छन् । कोरोनाकै कारण ३ हजार बढी चिनियाँले ज्यान गुएका छन् ।

चीन बाहेकका देशमा कोरोना संक्रमितको संख्या १९ हजार ३ सय पुगेको छ । विश्वभर ज्यान गुमाउनेको संख्या ३ सय ६० भन्दा बढीले ज्यान गुमाएका छन् ।

कुनकुन देशमा फैलियो संक्रमण

कोरोना भाइरसको संक्रमण अहिलेसम्म ८७ देशमा पुगेको छ । जसमध्ये अफगानिस्तानमा १ जनामा यसको संक्रमण भएको पुष्टि भएको छ ।

त्यस्तै अल्जेरियामा १२ जना, अन्डोरामा एक जना, अर्जेन्टिनामा २ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ ।

त्यसैगरि अरमेनियामा एक जना, अस्ट्रियामा ४१ जना संक्रमित भएका छन् । अस्ट्रेलियामा ५२ जना संक्रमित छन् भने २ जनाको ज्यान नै गएको छ ।

बहराइनमा ४९ जना संक्रमित छन् भने ब्रुसेलमा ६ जना संक्रमित छन् । बेल्जियममा एक सय नौ जना र भुटानमा एक जना संक्रमित भेटिएका छन् ।

त्यस्तै बोस्निया र हरजिगोभिनामा एक जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै ब्राजिलमा ८, चेलीमा ५ जनामा कोरोनाको संक्रमण देखिएकोछ ।

कम्बोडियामा १, क्यानडामा ५१, क्रोएसियामा ६ जनामा संक्रमण देखिएको छ । चेक रिपब्लिकमा १२, डेनमार्कमा ३, डोमिनिकम रिपब्लिकमा २, इक्युडरमा १३, इजिप्टमा १५ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी इस्टोनियामा एक, फिनल्याण्डमा ३, गोरजियामा एकजनामा संक्रमण देखिएको छ । फ्रान्समा ४ सय २३ संक्रमित छन् भने ९ जनाको ज्यान गइसकेको छ । जर्मनीमा संक्रमित हुनेको संख्या ५३४ पुगेको छ भने ग्रीसमा ३१ पुगेको छ ।

हङकङमा १०३ संक्रमित छन् भने २ जनाको ज्यान नै गएको छ । हंगेरीमा पनि एक जनामा संक्रमण भएको पाइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : ५५ बजे

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने

संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह

काठमाडौं – नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृतक भेटिएर

कडा सुरक्षा चेकजाँचमा सेना, हिँडडुल गर्न पाइन्छ ?

काठमाडौँ – मङ्गलबार बेलुकी १० बजेदेखि देशको सुरक्षा कमाण्ड सम्हालेको