क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको नेतृत्वमा नेपाली युवती « Khabarhub

क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको नेतृत्वमा नेपाली युवती


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत – विश्वकै प्रतिष्ठित मध्येको एक क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको नेतृत्वमा नेपाली युवती पुगेकी छन् ।

युनियनको अध्यक्षमा नेपाली युवती आस्था दाहाल निर्वाचित भएकी भएसँगै ख्यातिप्राप्त विश्वविद्यालको विद्यार्थी युनियनको नेतृत्व नेपालीमा पुगेको हो ।

आस्थाले कुल खसेको २ हजार ७ सय ४४ मतमध्ये एक हजार ३ सय ९५ मत प्राप्त गरेकी थिइन् । उनीसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी लुइसा डेरागोनले ७ सय ८ मत प्राप्त गरिन् ।

दाहालले आगामी जुलाईदेखि जिम्मेवारी सम्हाल्ने छिन् । विश्वभर प्रख्यात क्याम्ब्रिज बेलायतको पुरानो बिश्वविद्यालय हो ।

आस्थाले विश्वविद्यालयमा मानसिक स्वास्थ्य सेवालाई बढावा दिने र विद्यावारिधिका विद्यार्थीलाई दिइने आर्थिक सहयोग बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  १ : २१ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई