दुबई तथा मलेशिया पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ | Khabarhub Khabarhub

दुबई तथा मलेशिया पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारको सिलसिलामा दुबई तथा मलेशिया पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं गौशला बस्ने धनुषा मिथिला विहारी नगरपालिका-५ घर भएका २४ वर्षीय राधे साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

साहले दुबई तथा मलेशियामा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्‍वास दिलाई विभिन्न मितिहरुमा ९ जना व्यक्तिहरुको साथबाट ११ लाख ४२ हजार २ सय रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-८ पिङ्लास्थानमा फेला पारी पक्राउ गरेको हो ।

साहलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ४ : ०० बजे

चालु आवको पहिलो महिना : सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना सरकारले रू

भैरहवामा १२६ दिन बसे रवि, मंगलग्रहमा लगे पनि नडराउने अभिव्यक्ति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

एजेनसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा नयाँ नेतृत्व, सभापतिमा डा. पुनेश्वर केशरी

काठमाडौं– विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले दुई

राष्ट्रपति पौडेलद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गरेका