कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात काट्न लगाउने शिक्षिका पक्राउ « Khabarhub

कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात काट्न लगाउने शिक्षिका पक्राउ


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई पक्राउ गरेको छ । कम अंक ल्याएका विद्यार्थीलाई हात काट्न लगाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले ती शिक्षिकालाई पक्राउ गरेको पुष्टि गरे । उनीमाथि अभ्रद वा अमानवीय यातनामध्ये कुनै एक विषयमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । वानेश्वर प्रहरी वृत्तले कर्माचार्यलाई नियमन्त्रणमा लिएको हो ।

ती शिक्षिकाले कक्षा ६ र ७ का विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएकी थिइन् । उनले परीक्षामा कम अंक ल्याउनेलाई हात काट्ने चेतावनी पहिले नै दिएकी थिइन् । शिक्षिकाको दबाबमा ३४ विद्यार्थीले ब्लेडले हात काटेका थिए ।

ब्लेडले हात काट्न लगाएको समाचार बाहिर आएपछि स्कूलले ती शिक्षिकालाई अवकाश दिएको जनाएको छ । ती शिक्षिकाले सामाजिक विषय पढाउँदै आएकी थिइन् ।

१२ वर्षदेखि सोही स्कूलमा पढाउँदै आएकी कर्माचार्यले पूर्णाङ्क २० मा १५ भन्दा कम अंक ल्याउने विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएर सजाय दिएकी थिइन् ।

प्रहरीले प्रारम्भिक बयानका क्रममा कर्माचार्यले गल्ती भएको स्वीकारेको जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ५ : २९ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल