अत्यावश्यक वस्तुमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरिए कारवाही हुन्छ: मन्त्री भट्ट « Khabarhub

अत्यावश्यक वस्तुमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरिए कारवाही हुन्छ: मन्त्री भट्ट


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्न खोज्ने माथि कारवाही गर्ने चेतावनी दिएका छन् ।

आज (शनिवार) आयोजित साक्षात्कारमा बोल्दै मन्त्री भट्टले अत्यावश्यक वस्तुको अभाव नहुने जानकारी दिँदै कृत्रिम अभाव सिर्जना गर्ने माथि कारवाही गर्ने बताए । उनले भने, “सरकारले अहिले बजार अनुगमन एकीकृतरूपमा गरिएको छ । अपुग जनशक्ति अझै थप्ने तयारी छ ।”

साथै उनले वाणिज्य विभाग र औषधी विभागले एकीकृत रुपमा बजारको अनुगमन गरिरहेको पनि बताए । उनले भने, ‘अहिलेको जनशक्तिले प्रभावकारी रुपमा काम गरिरहेको छ । तर, अझै जनशक्ति थप्नेबारे कुरा पनि भएको छ । यसको लागि हामीले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेका छौं ।’

भट्टले बजार व्यवस्थित, कालोबजारी र कृत्रिम अभाव रोक्नका लागि गृह मन्त्रालयसँग पनि समन्वय भैरहेको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : ३० बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच