अष्ट्रेलियन विश्वविद्यालयको शोधको दाबी: कोरोनाका कारण डेढ करोडको ज्यान जान सक्छ « Khabarhub

अष्ट्रेलियन विश्वविद्यालयको शोधको दाबी: कोरोनाका कारण डेढ करोडको ज्यान जान सक्छ


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेका बेला हालै सार्वजनिक एक शोधले विश्वभर करीब डेढ करोडको ज्यान जान सक्ने निष्कर्ष निकालेको छ ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटीको शोधमा महामारीको १ वर्षभित्र डेढ करोड मानिसहरुको मृत्यु हुनसक्ने आशंका गरिएको छ । उक्त शोधमा कोरोनाभाइरसको कारण विश्वको अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पर्ने समेत उल्लेख छ ।

बेलायती पत्रिका डेलीमेलका अनुसार उक्त शोधमा कोरोनाको महामारी विकराल बनेको अवस्थामा यसबाट विश्वभर ६ करोड ८० लाख करोड मानिसहरुले ज्यान गुमाउन सक्ने निष्कर्ष छ ।

यसरी ज्यान गुमाउनेमध्ये दशौं लाख अमेरिका र बेलायतका बासिन्दा हुनेछन् ।

अघिल्लो वर्षको अन्त्यबाट चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म करिब १ लाख मानिसहरु संक्रमित भइसकेका छन् भने करिब ३३ सयले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ७ : ०९ बजे

चार्ल्स तृतीय र ट्रम्पबीच भेट, अमेरिका–बेलायत सम्बन्धमा जोड

एजेन्सी– इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स

सांसदहरूलाई रास्वपाको निर्देशन : आफूलाई माननीय नभन्‍नू, कागजातमा पनि नलेख्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदहरूलाई कुनै

१५ दिनमा छ सय सोह्र विपद्का घटना : ३४ जनाको मृत्यु

काठमाडौं– विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २६ अर्ब

चौबीस घण्टामा दुई हजार ७२२ जना सवारी चालक कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार ७२२