इरानमा कोरोना भाइरसका कारण सांसद्को मृत्यु « Khabarhub

इरानमा कोरोना भाइरसका कारण सांसद्को मृत्यु


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानमा कोरोना भाइरसका कारण सांसद्को मृत्यु भएको छ । गत २१ फेब्रुअरीमा भएको निर्वाचनमा राजधानी तेहरानबाट निर्वाचित सांसद फातेमा रहबरको शुक्रबार मृत्यु भएको इरानको तस्नीम समाचार संस्थाले जनाएको छ ।

कोरोनाभाइरसका कारण इरानमा हालसम्म १२४ जनाको ज्यान गइसकेको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसबाहेक ४ हजार ७ सय ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसका कारण इरानका उच्च पदस्थ अधिकारीहरुको ज्यान गइसकेको छ भने अरु दर्जनौं यस्ता उच्च पदाधिकारीहरु संक्रमित भइसकेका छन् । बिहीबार इरानी विदेशमन्त्रालयका सल्लाहकार होसेन शेइखोलेसलामको मृत्यु भएको थियो ।

त्यस्तै, गतसाता इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीका मोहम्मद मिरमोहम्मदीको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।

इरानमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विद्यालयहरु ठप्प पाएिको छ भने ठूला सभा समारोह आयोजना नगर्न आह्वान गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : ४० बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा