स्थानीय वायुको सामान्य प्रभाव : कस्तो रहनेछ आगामी तीन दिनको मौसम ? « Khabarhub

स्थानीय वायुको सामान्य प्रभाव : कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

आगामी तीन दिनको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गर्दै विभागले आज मुलुकका पूर्वी र पश्चिमी पहाडी भेगमा आंशिक बदली हुने जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २५ गते (आइतबार)

दिउँसोः देशको पूर्वी र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २६ गते (सोमबार)

दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य भू-भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २७ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक बदली रहनेछ। अपारान्ह पछि पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन चट्याङ सहित वर्षाको सम्भावाना छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ७ : ३० बजे

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन