नेपालबाट अस्ट्रेलिया गएका युवामा कोरोनाको संक्रमण « Khabarhub

नेपालबाट अस्ट्रेलिया गएका युवामा कोरोनाको संक्रमण


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालबाट अस्ट्रेलिया गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ ।

अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ ।

२० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए । शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट आएको हो ।

उनको रोयल होवार्ट अस्पतालमा आईसोलेसनमा राखेर उपचार भईरहेको छ । यससँगै तास्मानिया २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

शुरुमा उनमा रुघा र ज्वरोको लक्षण देखिएको थियो । सामान्य रुघाखोकी भनेर नियमित काममा जुटेका उनी केहिदिनपछि स्वास्थ्य परीक्षण गर्दा कोरोनाको संक्रमण भएको पाइएको हो ।

चिकित्सकले उनलाई परीक्षणको नतिजा नआउन्जेल सेल्फ आईसोलेसनमा बस्न निर्देशन दिएका थिए । तर, ती युवकले चिकित्सकको कुरा अटेरगरि काम र कलेज जाने क्रम जारी राखेका थिए ।

शनिवार कारोना संक्रमण पुष्टि भएपछि उनले पढ्ने कलेज र काम गर्ने होटलमा पनि सरेको हुनसक्ने भन्दै स्वास्थ्य अधिकारीहरुले अनुसन्धान शुरु गरेको एबीसीले जनाएको छ।

उनीसँगै बस्ने चार जना र अन्य तीनजना साथीलाई १४ दिन क्वारेन्टिनमा राखिएको छ । यो घटनासंगै विदेशबाट आउनेलाई परीक्षण गरिने आधारहरु थप कडा बनाईने तास्मानिया सरकारले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ११ : ०२ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच