चाबहिल–साँखु सडक विस्तारमा फेरि पनि स्थानीयको अवरोध « Khabarhub

चाबहिल–साँखु सडक विस्तारमा फेरि पनि स्थानीयको अवरोध


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विस्तारका क्रममा रहेको चाबहिल–साँखु सडक खण्डको थली, सलम्बुटारलगायत स्थानमा विस्तार अघि बढ्न सकिरहेको छैन । स्थानीयवासीको अवरोध भएका स्थानमा निर्माण अघि बढ्न नसकेको हो ।

सडकको चौडाइ बढाइएका क्षेत्रमा सडक निर्माण अघि बढे पनि विस्तार हुन नसकेका स्थानका सडकमा काम हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सडक खण्डको विभिन ठाउँमा गरी झन्डै २ किलोमिटर सडकमा निर्माण शुरु हुन नसकेको आयोजनामा कार्यरत इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । उनका अनुसार सङ्गठित रुपमा जग्गा र घर हटाउन नमानेका स्थानमा अहिले कालोपत्र गर्न बाँकी छ । त्यहाँ सडकका अरु पूर्वाधार निर्माणसमेत हुन सकिरहेका छैनन् ।

उपत्यकाका अरु १० स्थानमा जस्तै विसं २०७२ मा सो सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म सडकसँगै घरजग्गा भएका स्थानीयवासीले सडक निर्माणका लागि जग्गा दिन नमानेपछि सडक अवरुद्ध भएको थियो । सरकारले सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले उपलब्ध चौडाइमै काम गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार सडक निर्माण गर्दा झण्डै आधामा मापदण्डानुसार (२२ मिटर चौडाइ) कायम हुने र आधामा हुन नसक्ने देखिएको छ । कतिपय स्थानमा मापदण्डभन्दा कम चौडाइमा पनि कालोपत्र भइरहेको छ ।

चौडाइ सात/आठ मिटर मात्रै उपलब्ध हुने स्थानमा भने निर्माण अघि बढ्न सकिरहेको छैन । यहाँका जनप्रतिनिधिले स्थानीयवासीसँग पटक–पटक समन्वय गर्दै सडकको चौडाइ बढाउन पहल गरिरहेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ३ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै