मिथिलाञ्चलमा मास्क र अबीरका साथ होली पर्व मनाइँदै « Khabarhub

मिथिलाञ्चलमा मास्क र अबीरका साथ होली पर्व मनाइँदै


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर-सामाजिक सद्भावको सन्देशलाई प्रगाढ बनाउने समानताको पर्व होली पर्वको आगमनसँगै मिथिलाञ्चलमा रौंनकता छाएको छ ।

भव्य एवं आकर्षक ढङ्गले पर्व मनाउन आवश्यक सामग्रीको किनमेलका साथै खासगरी ग्रामीण क्षेत्रमा होलीको गीतले वातावरण गुञ्जयमान भएकाले रौंनकता छाएको हो ।

यो पर्वलाई असत्यमाथि सत्यको जितका रुपमा लिइन्छ । आपसी प्रेम प्रतीकका रुपमा रहेको यसपर्वको माध्यमबाट एकापसका भातृत्वको भावना जागिृत गर्नु नै मुख्य उद्देश्य हो । समाजका सबै वर्ग र समुदाय एकापसमा मिलेर रङ्ग अबीरको माध्यमबाट उज्जवल भविष्यको कामनाका साथै आपसी प्रेम सधैँ बनिरहोस् भनि कामनाका साथ पर्व मनाइने गरिएको छ ।

खासगरी, जनकपुरधाममा मध्यमिथिला डोला परिक्रमाको सहभागीद्वारा जनकपुरधामको अन्तगृह परिक्रमा समापन गरेको भोलिपल्ट होली मनाउने गरिएको छ । ग्रामीण क्षेत्रमा सरस्वती पूजाको दिनदेखि बेलुकीको समयमा होलीको पारम्परिक गीत, जोगिरा गाएर होली पर्वको शुभारम्भ हुनेगर्छ । तर, बढ्दो शहरीकरणसँगै पारम्परिक र व्यस्तताका कारण पूर्ववत् रुपमा मनाइने गरिएको होली पर्व लोप हुन थालेको छ ।

कोरोना भाइरसबाट जोगिनका लागि भिडभाड नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि विगतको तुलनामा होली पर्व मनाउनेको उत्साहमा केही कमी आएको महसुस गरिएको छ । तर, होलीपर्व आफ्ना परिवार, इष्टमित्रसँग रुघाखोकी, सर्दी नलागेका व्यक्तिसँग सामान्य ढङ्गले मनाउन सकिने चिकित्सकहरुले पनि सुझाव दिएपछि पर्व मनाउने उत्साहित छन् ।

सोही विषयलाई मध्यनजर गर्दै जनकपुरको मिथिला नाट्य कला परिषद्(मिनाप)ले यसवर्ष मनाउन लागेको फागु गीतको प्रतियोगिता र महामूर्ख सम्मेलनमा सहभागीबीच मास्क वितरण र अबीरको सट्टा फूल दिएर होली पर्व मनाउन लागिएको सो परिषद्का अध्यक्ष परमेश झाले बताए ।

ग्रामीण क्षेत्रमा होली पर्वका दिन मानिस एक ठाउँमा एकत्रित भएर बाजागाजाका साथ पारम्परिक होलीका गीत, जोगिरा गाउँदै प्रत्येकको घरघरमा पुगेर शुभआशिष दिने गर्छन् ।

यस पर्वका अवसरमा मलपूवा, दालपुरी अनिवार्य रुपमा पकाइन्छ । घरको कूलदेउतासहितका देउतालाई प्रसादको रुपमा अर्पन गरिन्छ । धार्मिक एवं सांस्कृतिक पर्वको रुपमा रहेको होली पर्वमा केही विकृति पनि भित्रिएको देखिएको छ ।

असत्यमाथि सत्यको जितको खुशीयाली मनाइने यस पर्वमा नशालु पदार्थ भाङ र रक्सी खानेको सङ्ख्या बढ्नु चिन्ताको विषय देखिएको छ । होलिकाको मृत्यु अर्थात असत्यमाथि सत्यको जितको खुशीमा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ५ : १० बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी