होलीको रंगबाट आँखालाई कसरी बचाउने ? ( ७ टिप्स) « Khabarhub

होलीको रंगबाट आँखालाई कसरी बचाउने ? ( ७ टिप्स)


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज देशको हिमालीसहित पहाडी जिल्लाहरुमा होली मनाइँदै छ ।

कोरोना भाइरसको महामारीका कारण होली नखेल्न सरकारको आग्रहमा तुलनात्मक रुपमा होलीको माहौल कम भएपनि यो पर्वमा रमाउनेहरुको भने कमी छैन ।

तर होली खेल्दा केही कुरामा सावधानी पुर्‍याउन सकिएन भने स्वास्थ्यमा गम्भिर समस्या हुनसक्छ । विशेषगरी होलीको रंगले छाला र आँखामा असर पार्दछ । रंगहरु सिधै आँखामा पर्दा यसले गम्भीर संकट निम्त्याउन सक्दछ । त्यसैले आँखालाई हानि नपुर्‍याउन निम्न कुरामा ध्यान दिनुपर्छ ।

१. होलीको रंगबाट आँखालाई बचाउन कालो चस्मा लगाएर होली खेल्नु उत्तम हुन्छ ।

२. होली खेल्ने रंग प्राकृतिक भए राम्रो मानिन्छ । रासायनिक रंगबाट होली खेल्नु हुँदैन ।

३. होलीको रंग कसैलाई पनि जबरजस्ती लगाउनु हुँदैन, अझ आँखा पाकेका ब्यक्तिलाई त भुलेर पनि आँखामा पर्न दिनुहुँदैन ।

४. यदि भुलवस आँखामा रंग गयो भने तत्काल सफा पानिले धुनुहोस् ।

५. आँखा चिलाए÷रातो भए कपासमा चिसो दुध राखेर आँखाको ढकनी माथि राख्नुपर्दछ ।

६. आँखा भित्र केही कण जस्तो महशुस भएमा सफा पानिमा टाउको डुबाएर आँखा खोलेर दायाँ बायाँ हेर्ने गर्नु पर्दछ । तर यस अघि अनुहारको सबै रंग धुनुपर्दछ ताकि पानिमा रंग घुल्न नपाओस् ।

७. यदि बारम्बार पानिले धुँदा पनि आँखा बिजाइरह्यो भने चिकित्सकको परामर्श लिनुपर्दछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ११ बजे

हिजो र आज दुवै नेतृत्वमा नागरिक किन निराश छन् भन्ने समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारलाई हिजो र आज

कांग्रेस महामन्त्री घिमिरेका दुई कृति सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेका दुई वटा कृति सार्वजनिक गरिएको

गोरो बनाउने क्रिमको कालो कथा : गोरो हुनु सुन्दरता हो भन्ने भ्रम 

काठमाडौं– मानिसको छालाको रङ शरीरमा भएको मेलानिन नामक पदार्थका कारण हुन्छ

व्यक्तिगत इच्छा पूरा गर्दा पनि गायक प्रतापलाई गाली !

काठमाडौं – कलाकारहरू सार्वजनिक व्यक्तित्व हुन्, त्यसैले उनीहरूको व्यक्तिगत जीवन

दीपालाई अध्यक्षबाट ‘कू’ गरेका जितु उनकै कार्यवाहक !

काठमाडौं – विशाल भण्डारी निर्देशित ‘कमेडी नाइटविथ च्याम्पियन’को अध्यक्षको भूमिकामा