होली खेल्दा अपनाउनुपर्ने १० सावधानी, अन्यथा परिएला कारबाहीमा ! « Khabarhub

होली खेल्दा अपनाउनुपर्ने १० सावधानी, अन्यथा परिएला कारबाहीमा !


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज फागुपूर्णिमा अर्थात रंगहरुको पर्व होली । हिन्दू संस्कृति अनुसार विष्णुका परम भक्त प्रह्लादसंग जोडिएको होली पर्वलाई असत्यमाथि सत्यको जीत भएको हुँदा सद्भावका रुपमा मनाइन्छ ।

किंवदन्ति अनुसार हिरण्यकश्यपुका पुत्र प्रह्लादले फुपु होलिकालाई आगो भष्म पारेको दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । रंग तथा सद्भावको पर्वका रुपमा मनाइने यस पर्वमा यस पटक निकै ठुलो असर परेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी फैलिएपछि सरकारले नेपालमा भीडभाड जम्मा हुने, धेरै मानिसबीच सम्पर्क हुने गतिविधि नगर्न सुझाव दिएको छ । तथापि होली खेल्नु परे निम्न कुरामा विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।

१. सकेसम्म भिड वा धेरै मानिसको स्थानमा नजानुहोस् । संक्रमणको खतरा हुनसक्छ ।

२. जबर्जस्ती कसैलाई पनि रंग लगाउने, लोला हान्ने तथा इच्छा विपरित काम नगर्नहोस्, अन्यथा कानुनी कारबाही हुनसक्छ ।

३. सकेसम्म प्राकृतिक रंग र सफा पानीले मात्र होली खेल्नुहोस् ।

४. होली रङको मात्र खेल्नुहोस्, बिभिन्न प्रकारका पेन्ट, स्लिभर पेन्ट नगर्नुहोस् यसले अनुहार सहित स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँने गर्दछ ।

५. बाटो हिडेका मानिसलाई झुक्काएर लोला हान्ने नाममा कुनै अग्लो स्थान वा घरको छतको रेलिङमा नबस्नुहोस् अन्यथा लड्न सकिन्छ ।

६. होली खेल्दा बालबालिकालाई विशेष सावधानीमा राख्नुपर्छ, उनीहरुको गतिविधि नियाल्न जरुरी हुन्छ ।

७. बालबालिकालाई सडकमा होली खेल्न बन्देज गर्नुपर्छ, अन्यथा दुर्घटनामा पनि हुनसक्छ ।

८. बाटो छेकेर अपरिचित मानिसलाई रंग नलगाऔं, नत्र अभद्र व्यवहारको अपराधमा प्रहरीको फन्दामा परिएला ।

९. होलीको दिन रमाइलोका लागी भन्दै मदिरा वा भाङ खाएर सवारी नचलाऔं, दुर्घटनामा परिएला ।

१०. होली रंगको पर्वको हो, यसमा सद्भाव बाँढौं, सम्भावित दुर्घटनाबाट बचौं साथै कोही कसैले शंकास्पद गतिविधि गरेको देखेमा तुरुन्त प्रहरीलाई खबर गरौं ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : ०१ बजे

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’

रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

काठमाडौँ – कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक

‘ओपीडी सेवा नखुम्च्याऔँ, नागरिकलाई आर्थिक बोझ नथपौँ’ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो