होलीको रंग आँखामा परे कस्तो असर पर्छ ? « Khabarhub

होलीको रंग आँखामा परे कस्तो असर पर्छ ?


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज होली पर्व । होलीको दिन एकआपसमा रंग लगाएर होली खेल्ने गरीन्छ । तर, सावधानी नअपनाइ होली खेल्दा स्वास्थ्यका लागि हानिकारक हुन्छ । आँखा हाम्रो संवेदनशील अंग हो ।

आँखालाई हामीले जहिलेपनि सुरक्षित राख्नुपर्छ । होलीमा प्रयोग हुने रंग र लोलाले आँखामा विभिन्न किसिमका समस्याहरु देखिने र दृष्टि समेत गुम्म सक्ने खतरा चिकित्सकहरु बताउछन् ।

रंग र लोलाले आँखालाई हुने खतरा

–आँखाको नानीमा असर गर्छ,

–आँखाको नानीमा अल्सर हुनसक्छ,

–आँखाको लेन्स हल्लिएर मोतियाविन्दु हुनसक्छ,

–आँखामा रगत जम्छ,

–आँखाको पर्दा च्यातिन्छ,

–आँखाको दृष्टि कम हुँदै जान्छ,

–आँखाको नानीमा घाउँ हुन्छ,

–रंगमा हुने लेड रगतको माध्यमबाट शरीरमा फैलिन्छ र एलर्जी हुन्छ ।

कसरी बच्ने ?

आँखामा रंग तथा लोलाले लाग्दा आँखा बिझाउने, आँसु बगिरहने, पोल्ने, हेर्न गाह्रो हुने आँखाको नानी धमिलो हुने समस्याहरु देखिन्छ । यस्ता समस्या देखिएका तुरुन्त सफा पानीले आँखा सफा गर्नुपर्ने हुन्छ ।

होली खेल्दा आँखाको सुरक्षामा यसरी ध्यान दिनुस्

–होलीको रंग पर्न नदिन चस्मा लगाउने,

–आँखामा रंग पर्न नदिने,

–इनामेल प्रयोग भएको रंग प्रयोग नगर्ने,

–रंग परिहालेमा आँखा मिच्नु हुँदैन,

–आँखामा रंग वा लोलाले चोट लागेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाने ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १ : ४३ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने