भोजपुर – विराटनगर उडान छ महिनादेखि बन्द, यात्रु मर्कामा « Khabarhub

भोजपुर – विराटनगर उडान छ महिनादेखि बन्द, यात्रु मर्कामा


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – छ महिनादेखि भोजपुर–विराटनगर नियमित उडान बन्द हुँदा स्थानीयलाई समस्या भएको छ ।

उडान सेवा बन्द हुँदा विशेष गरेर जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामी  प्रत्यक्ष मार परेका छन् । बाहिरका अस्पतालमा सिफारिस गरिएका विपन्न वर्गका बिरामी नौ घण्टा लगाएर एम्बुलेन्समा कष्टर यात्रा गर्न बाध्य छन् ।

एम्बुलेन्सबाट लामो समय लगाएर यात्रा गर्नुपर्दा कतिपयको बाटोमै मृत्युसमेत हुने गरेको छ । विभिन्न समस्या देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेपछि सर्वसाधारणलाई सास्ती भएको हो ।

उडान नहुँदा लेगुवा – पाख्रीबास सडकखण्डको कच्ची बाटोले यात्रुलाई झनै सास्ती हुने गरेको छ । सरोकारवाला पक्षले बेवास्ता गर्नाले पनि नियमित उडान गराउन नसक्दा सर्वसाधारण लामो यात्रा गर्नुपरेको यात्रु सुनाउँछन् ।

‘बिना कारण लामो समयदेखि भोजपुर– विराटनगर उडान सेवा बन्द हुँदा हामीलाई सास्ती थपिएको छ,’ स्थानीय मोहन आलेले भने, ‘आपत्कालीन रुपमा बिरामी भएर विराटनगर जानुपरेमा अति समस्या छ, बस तथा एम्बुलेन्सको माध्यमबाट जाँदा कतिपयको बाटोमा नै ज्यान गएको अवस्था पनि छ, यसलाई जसरी पनि सञ्चालन गर्न आवश्यक छ ।’

आकस्मिक बिरामीलाई साना तथा ठूला सवारीसाधनबाट यात्रा गर्दा ढिलो हुने, बाटोमा समस्या हुनाले बिरामीलाई थप समस्या हुने गरेको छ ।यसअघि हप्ताको आइतबार, मङ्गलबार र बिहीबार गरी चार पटक उडान भर्दै आएको नेपाल वायुसेवा निगमले यात्रु सङ्ख्या घटेकाले केही समयका लागि उडान रद्द गरिएको जनाएको छ ।

सर्वसाधारणको माग बढ्दै गएकाले उडान सञ्चालनका लागि स्थानीय सरकार र जिल्लास्थित सरोकारवालासँग समन्वय गरी माथिल्लो निकायमा निवेदन गरिएको निगमका प्रमुख दिनेश सुन्दासले जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १२ : ४५ बजे

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा