भारतबाट भागेका नीरव मोदी लण्डनमा पक्राउ « Khabarhub

भारतबाट भागेका नीरव मोदी लण्डनमा पक्राउ


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– भारतबाट भागेका धनाढ्य व्यापारी नीरव मोदी बेलायतको राजधानी लण्डनमा पक्राउ परेका छन् । भारतीय अधिकारीको आग्रहमा नीरव मोदीलाई मंगलबार मध्य लण्डनको हेलबर्न क्षेत्रबाट पक्राउ गरिएको बेलायती प्रहरीले जनाएको छ ।

उनलाई लण्डनको वेष्टमिनिष्टर मजिष्टे«ट अदालतमा उपस्थित गराउने तयारी भइरहेको बताइएको छ । उनीमाथि राज्य सञ्चालित पन्जाब नेशनल बैंकमा २ अर्ब अमेरिकी डलर बराबरको ऋणमा ठगी गरेको अभियोग लागेको छ ।

उनी र उनका मामा मेहुल चोक्सीले पन्जाब नेशनल बैंकमा ठगी गरी बैंकलाई ग्यारेन्टी राखेर ऋण लिएको भारतीय अधिकारीले जनाएका छन् । ठगी प्रकरण सार्वजनिक भएपछि दुबैले भारत छाडेका थिए ।

गत अगष्ट महिनामा नीरव मोदीलाई पक्राउ गर्न भारतीय अधिकारीले बेलायती प्रहरीलाई आग्रह गरेका थिए । त्यसै अनुसार उनलाई पक्राउ गरिएको बताइएको छ ।

त्यसअघि गत डिसेम्बरमा बेलायतको अदालतले अर्का व्यापारी विजय माल्यालाई भारत सुपुर्दगी गर्न आदेश दिएको थियो ।
नीरव मोदीलाई पनि बेलायतले भारत सुपुर्दगी गर्नसक्ने बताइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १० : ३७ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२