बजेटअनुसारको विकास जनतासामु पुग्न सकेनः मुख्यमन्त्री शाही « Khabarhub

बजेटअनुसारको विकास जनतासामु पुग्न सकेनः मुख्यमन्त्री शाही


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटअनुसारको विकास जनताको पहुँचसम्म पुग्न नसकेको बताएका छन् ।

आज जिल्ला समन्वय समिति रुकुम पश्चिमको चौथो जिल्लासभामा उनले उपभोक्ताको नाममा विकास माग्ने प्रवृत्तिले नै जनताको पुहँचमा विकास पुग्न नसकेको बताए ।

जनताको विकासका लागि छुट्याइएको बजेट व्यक्ति विशेष हुनपुग्दा बजेटको दुरुपयोग हुने गरेको मुख्यमन्त्री शाहीको भनाइ छ । मुुलुक सङ्घीयतामा गइसक्दा पनि पुरानै परिपाटीअनुरुप बजेटको परिचालन र परियोजना बन्ने गर्दा जनताको समृद्धिमा परिवर्तन आउन नसेकेको उनले बताए ।

अधिकांश परियोजना कार्यान्वयन नहुनु तथा विभिन्न भौतिक पूर्वाधारलगायत सिँचाइ र खानेपानीसमेत जनताको घरदैलोमा पुग्न नसक्नु अहिलेको समस्या रहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

“जनताको आर्थिक समृद्धि र तीव्र विकासका लागि जनताकै भावना र अपेक्षाअनुसार अगाडि बढ्उनुपर्छ,” उनले भने ।

मुख्यमन्त्री शाहीले अबको बजेटमा महिला र बालबालिकाको स्तरवृद्धि गर्ने विभिन्न कार्यक्रम र परियोजना स्थानीय सरकारले ल्याउनुपर्नेमा सुझाव दिए ।

जिल्लासभामा जिल्लाका ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको छ । दुई दिनसम्म चल्ने जिल्लासभा तथा गोष्ठीमा जिल्लाको बजेट तथा आगामी कार्यक्रम अनुमोदन लगायतको छलफल हुने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १० : २५ बजे

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत