जिम्बावेबिरुद्धको टी – ट्वान्टीमा बंगलादेशलाई अग्रता « Khabarhub

जिम्बावेबिरुद्धको टी – ट्वान्टीमा बंगलादेशलाई अग्रता


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिम्बावेविरुद्धको दुई खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले १- ० को अग्रता बनाएको छ ।

ढाकामा सोमबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई ४८ रनले हराएको हो ।

बंगलादेशले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावे १९ ओभरमा अलआउट हुँदै १ सय ५२ रनमा समेटियो ।

जिम्बावेका तिनासी स्टेफेनले सर्वाधिक २८ रन जोडे । कार्ल मुम्बाले २५ रन बनाए । यस्तै कप्तान सिन विलियम्स, रिचमोन्ड मुतुम्बामी र डोनाल्ड टिरिपानोले समान २०/२० रन जोडे ।

बंगलादेशका इमुनुल इस्लाम र मुस्ताफिजुर रहमानले ३/३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ३ विकेट गुमाएर २०० रन बनाएको थियो ।

बंगलादेशका लागि सौम्य सरकारले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा लिटोन दासले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै तमिम इकबालले ४१ रन जोड्दा मुस्फिकर रहिमले १७ रन बनाए । कप्तान ममुदउल्लाह १४ रनमा अविजित रहे ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ९ : २४ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)