जिम्बावेबिरुद्धको टी – ट्वान्टीमा बंगलादेशलाई अग्रता « Khabarhub

जिम्बावेबिरुद्धको टी – ट्वान्टीमा बंगलादेशलाई अग्रता


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिम्बावेविरुद्धको दुई खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले १- ० को अग्रता बनाएको छ ।

ढाकामा सोमबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई ४८ रनले हराएको हो ।

बंगलादेशले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावे १९ ओभरमा अलआउट हुँदै १ सय ५२ रनमा समेटियो ।

जिम्बावेका तिनासी स्टेफेनले सर्वाधिक २८ रन जोडे । कार्ल मुम्बाले २५ रन बनाए । यस्तै कप्तान सिन विलियम्स, रिचमोन्ड मुतुम्बामी र डोनाल्ड टिरिपानोले समान २०/२० रन जोडे ।

बंगलादेशका इमुनुल इस्लाम र मुस्ताफिजुर रहमानले ३/३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ३ विकेट गुमाएर २०० रन बनाएको थियो ।

बंगलादेशका लागि सौम्य सरकारले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा लिटोन दासले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै तमिम इकबालले ४१ रन जोड्दा मुस्फिकर रहिमले १७ रन बनाए । कप्तान ममुदउल्लाह १४ रनमा अविजित रहे ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ९ : २४ बजे

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै