कालोबजारी भयो ११३७ मा फोन हानिहाल्नोस् : मन्त्री भट्ट « Khabarhub

कालोबजारी भयो ११३७ मा फोन हानिहाल्नोस् : मन्त्री भट्ट


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालोबजारी गरेको पाइए ११३७ नम्बरमा फोन गर्न अपिल गरेका छन् ।

कसैले ठगेमा, सामानको कृत्रिम अभाव गरेमा तत्कालै यो पैसा नलाग्ने नम्बर ११३७ मा फोन गर्न मन्त्री भट्टले उपभोक्तालाई अपिल गरेका हुन् ।

केही दिनभित्रैमा साल्ट ट्रेडिङलगायतका स्थानमा पनि हटलाइन सेवाको शुरुआत गरिने उनले जानकारी दिए ।सबै प्रकारका उपभोग्य सामग्रीको अभाव नभएको तर बजारमा केही व्यापारीले अनावश्यकरूपमा नकारात्मक हौवा फैलाएको बताए ।

‘हाल साल्ट ट्रेडिङसँग आगामी दशैँसम्म पुग्ने गरी नुन स्टकमा छ,’ मन्त्री भट्टले भने, ‘तर नुन सकिए जसरी प्रचार भयो, यसलाई चिर्न जरुरी भयो ।’

यस्तै साविकको खाद्य संस्थानसँग कूल २० हजार मेट्रिक टन धान स्टक रहेको बताउँदै उनले उक्त धानबाट १४ हजार मेट्रिक टन चामल उत्पादन हुने जानकारी दिए ।

सरकारी मिलसँग मात्रै दैनिक एक हजार क्विन्टल भन्दा बढि चामल उत्पादन गर्ने क्षमता भएकाले उपभोक्तालाई नआत्तिन उनले आग्रह गरे ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ९ : ४० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको