रौतहटमा बन्दुकसहित २ जना पक्राउ « Khabarhub

रौतहटमा बन्दुकसहित २ जना पक्राउ


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको गढीमाई नगरपालिकाबाट बन्दुकसहित दुईजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रौतहटको टोलीले गढीमाई– ६ धर्मपुरको बागमती नदी किनारबाट सोमबार राति सर्लाहीको धनकौल गाउँपालिका–६ घर भएका २१ वर्षीय राजेश राम महरा र २६ वर्षीय जयनारायण राम रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद गरिएको छ । नियमित गस्तीमा निस्किएका प्रहरी टोलीलाई देख्ने बित्तिकै उनीहरू भाग्ने क्रममा पक्राउ परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ९ : २१ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै