काठमाडौं भ्यूटावर बनाउने ठेकेदार भेटवाल पक्राउ « Khabarhub

काठमाडौं भ्यूटावर बनाउने ठेकेदार भेटवाल पक्राउ


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको ३२ तले ‘काठमाडौं भ्यूटावर’ ठेक्का लिएर निर्माण कार्य गरिरहेका भेटवाल पक्राउ परेका हुन् ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । तेह्रथुम घर भएका भेटवाललाई बैंकिङ कसुर गरेको अभियोगमा पक्राउ गरिएको महानगरीय परिसरंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

मनोजले दिएको ७५ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीबिरुद्ध बैंकिङ कसुरको जाहेरी प्रहरीमा दर्ता भएको थियो ।

सात अर्ब ६४ करोड रुपैयाँको लागतमा टावर बनाइरहेका भेटवालले ७५ लाख रुपैयाँमा किन ठगी गरे भन्ने स्पष्ट हुन सकेको छैन । जलेश्वर स्वच्छन्द बिकोई प्रालि हो उनको निर्माण कम्पनी । पछिल्लो समय सो निर्माण कम्पनी आर्थिक संकटमा फसेपछि टावर निर्माण पनि अलपत्र परेको छ ।

टावर बनाउन स्वच्छन्द बिकोईले ल्याएको उपकरणको भाडा तिर्न नसकेपछी पछिल्लो समय साहु कम्पनीले ती उपकरण फिर्ता लगेको थियो । साहु कम्पनीले उपकरण लगेपछि भेटवाल भारततिर लागेका थिए । नेपाल आएको मौका पारेर प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ ।

०६८ असार २६ गते काठमाडौं महानगरपालिका नगरपरिषद्ले २३ रोपनी ५ आना जग्गामा सार्वजनिक निजी साझेदारी मोडलमा टावर निर्माण गर्ने निर्णय गरेको थियो ।

०७१ फागुनमा सो टावरको टेण्डर भेटवालको कम्पनीले पाएको थियो । ३० बर्षे लिजमा लिएको विल्डर्सले पाँच बर्षमा निर्माण सम्पन्न गर्ने भनिएको थियो । तर अझैसम्म टावरको डीपीसी समेत तयार भएको छैन् । टावरको शिलान्यास उपराष्ट्रपती नन्दबहादुर पुनले गरेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १० : ३३ बजे

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि