मोबाइल हरायो, यस्तो छ आफैंले भेट्टाउने उपाय « Khabarhub

मोबाइल हरायो, यस्तो छ आफैंले भेट्टाउने उपाय


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अनेकौं तनावले मोबाइल फोन कतै राखेर विर्सने तथा हराउने आम नेपालीको समस्या हो ।

कतिपयले जानाजानी दुःख दिनकै लागि समेत मोबाइल लुकाइदिन्छन् । यस्तो अवस्थामा तपाई आफैंले हराएको मोबाइल भेट्टाउन सक्नुहुन्छ।

हराएको मोबाइल खोजी गर्ने एउटा साधन तपाईसँग उपलब्ध भएमा तत्कालै भेट्न सकिने  भएको छ । मोबाईल फोन बनाउने कम्पनी मोटोरोलाले एक की-चेन (साँचोको गुच्छा) सार्वजनिक गरेको छ ।

जसले मोबाइल खोज्न तपाईँलाई मद्धत गर्दछ । त्यसका साथै यदि तपाईँको साँचो हराएको छ तर मोबाइल साथमा छ भने पनि मोबाइलले यो साँचोको गुच्छा (की चेन) लाई पत्ता लगाउने छ ।

यो की लिंकलाई तपाईँले आफ्नो स्मार्टफोनका साथ कनेक्ट (पेयर) गर्न सक्नुहुनेछ । यसपछि  जहिले तपाईँले आफ्नो मोबाइल कतै राखेर बिर्सनु भएको छ भने यो साँचोको गुच्छाको मद्धतले त्यसलाई खोज्न सक्नुहुनेछ ।

यदि तपाईँले साँचोको गुच्छा नै बिर्सनु भयो भने पनि केहि छैन तपाईँले स्मार्टफोनद्धारा त्यसलाई खोज्नसक्नु हुनेछ । यो की लिंकको बजार मूल्य २४.९९ अमेरिकी डलर अर्थात करिब २४ सय नेपाली रुपैंया तोकिएको छ ।

यो साँचो मोटोरोलाको आधिकारीक साइट मोटोरोला डटकमबाट पनि खरिद गर्न सकिनेछ ।

कम्पनीकाअनुसार यो साँचोको गुच्छाको ब्याट्रीले एक वर्षसम्म काम गर्दछ, जुन आवश्यक परेमा सजिलैसँग साधारण क्वाइन सेल ब्याट्रीद्धारा परिवर्तन गर्न सकिन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १० : ४४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।