काभ्रे क्याम्पसमा एक महिनादेखि तालाबन्दी « Khabarhub

काभ्रे क्याम्पसमा एक महिनादेखि तालाबन्दी


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेको बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखामा एक महिनादेखिको तालाबन्दी अझै खुलेको छैन ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण कक्षा ११ र १२ को पठनपाठन समेत ठप्प भएको छ ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले ‘विद्यार्थीको भविष्यमाथि खेलवाड’ गरेको जनाउँदै क्याप्पस प्रमुखको राजीनामालगायतका माग राख्दै अनेरास्ववियुले गत माघ २६ गते तालाबन्दी गरेको थियो ।

अनेरास्ववियुले प्रशासन, लेखासँगै मूलगेटमा तालाबन्दी गरेको केही दिनमा क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि माघ ३० गते मूलगेटको तालाबन्दी खोलिएको थियो ।

विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीच यही फागुन १३ गते भएको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो । ‘क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि मूलगेटको मात्रै ताला खोलिदिएका थियौँ, एउटा वार्तामा मागबारे कुनै सम्बोधन भएन, अहिलेसम्म अन्य वार्ताको कुनै जानकारी छैन, हाम्रा माग पूरा नभएसम्म अन्य तालाबन्दी खोल्दैनौँ’, अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले भने ।

पराजुलीका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अङ्ग्रेजी अध्यापन गराएको तर परीक्षा बोर्डले स्नातक तहमा कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्न नमिल्ने जनाएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

क्याम्पस प्रशासनले सञ्चालक समितिको अध्यक्ष लम्बोदर कायस्थको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति बनाएको थियो । क्याम्पसको लापरवाहीका कारण विद्यार्थीको भविष्य अन्योल भएको जनाउँदै अनरास्ववियु जिल्ला कमिटी, क्याम्पस र मावि कमिटीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी तालाबन्दी गरेको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १० : ५६ बजे

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा