५० कटेका महिला सेक्स डलको खोजीमा | Khabarhub Khabarhub

५० कटेका महिला सेक्स डलको खोजीमा


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बेलायतका ५० बर्ष उमेर कटेका महिलाहरुले आफूले भनेजस्तो सेक्स डलका लागि १५ हजार स्टर्लिङ पाउन्ड (करिब २२ लाख रुपैयाँ) सम्म तिर्न तयार भएको खुलेको छ ।

इंग्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनमा रहेको द डल हाउसका प्रबन्ध निर्देशक फिल बासका अनुसार ५० औं बर्ष पार गरेका महिलाहरु यौन खेलौनाका लागि मोटो रकम तिर्न तयार छन् ।

‘केही वर्षयता थुप्रै इंग्लिस महिलाले फिमेल सेक्स डल किनिरहेका छन्। खास गरी, ५० वर्षमा हिँडिरहेका महिलाले यौन खेलौनामा असाध्यै अभिरुचि देखाउन थालेका छन्,’ बासले भने ।

महिलाले महिला–यौन खेलौना बढी प्रयोग गर्न थालेपछि तिनको मूल्य पनि बढेको छ। महिलाले कसरी यौन खेलौना प्रयोग गर्छन् भन्ने विषयमा थोरै मात्र अध्ययन भएका छन्।

‘ह्वाट द सेक्स’ नामक पोडकास्ट चलाउने पत्रकार फिबी ग्रेगरका अनुसार महिलाले सेक्स रोबोटलाई आफ्नो सपनाको व्यक्ति मानेका हुन्छन्।आदर्श पार्टनर वास्तविक जीवनमा नभेटेपछि महिलाहरू सेक्स रोबोटमार्फत आफ्नो इच्छा पूरा गर्न थालेको बताइन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १२ : २१ बजे

एन्सेलोटीले रियल म्याड्रिड छाडेर ब्राजिलको राष्ट्रिय टोली हेर्ने  

रियो द जेनेरियो– ब्राजिलको राष्ट्रिय टोली सम्हाल्नका लागि कार्लोस एन्सेलोटीले

दक्षिण अफ्रिकाबाट ‘फास्ट ट्रयाक’ मा अमेरिका पुगे शरणार्थी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  शरणार्थी योजना अनुसार दर्जनौँ श्वेत

आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

काठमाडौं– इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल