कोरोनासँग नडराएका किम जोङ उन यसरी मास्कबिनै सैनिक अभ्यासमा जुटे | Khabarhub Khabarhub

कोरोनासँग नडराएका किम जोङ उन यसरी मास्कबिनै सैनिक अभ्यासमा जुटे


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– यतिबेला विश्वभर कोरोना भाइरसको त्रास छ । विश्वका सबै मुलुकहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

तर, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भने कोरोना भाइरसदेखि डरै छैन ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले हालै सार्वजनिक गरेको किमको तस्बीरमा उनलाई मास्कबिनै देखिएको छ । तर, उनको साथमा तस्बीरमा देखिएका सैनिकले भने मास्क लगाएका छन् ।

उत्तर कोरियाले अहिले सैनिक अभ्यास गरिरहेको छ । यसैक्रममा केसीएनएले किमको तस्वीर सार्वजनिक गरेको हो ।


कोरोना भाइरस शुरु भएको चीनसँग सीमा जोडिएको भएपनि उत्तर कोरियाले मुलुकमा यसको कुनै संक्रमण देखा नपरेको दाबी गर्दै आएको छ ।

यद्यपि यसअघि कोरोनाको क्वारेन्टाइनबाट भागेको आरोपमा एकजनालाई उत्तर कोरियामा मृत्युदण्ड दिइएको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १ : ५३ बजे

पहाडको फेदीबाट हेर्दा अनौठो ‘स्काई केभ’

म्याग्दी–  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल ।

सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार

नर्सलाई सेवा सरह सुविधा तोक्न गठित कार्यदललाई दिइयो थप एक महिनाको समय 

काठमाडौं– नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई

विप्लव समूहको प्रदर्शन : सर्वपक्षीय अन्तरिम सरकारको माग (तस्बिरहरू)

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले काठमाडौंमा बिहीबार प्रदर्शन

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

काठमाडौं– अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको