चैत ३ गतेदेखि ४३ जिल्लामा दादुरा-रुबेलाविरुद्धको खोप अभियान « Khabarhub

चैत ३ गतेदेखि ४३ जिल्लामा दादुरा-रुबेलाविरुद्धको खोप अभियान


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी चैत ३ देखि ११ गतेसम्म वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लामा दादुरा-रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई निःशुल्क दादुरा–रुबेला खोप लगाउन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको भक्तपुरमा आर्थिक वर्ष २०७५/०७६ मा जिल्लाका ८८ प्रतिशत बालबालिकाले खोप लगाए पनि ७४ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएको बताए ।

बालबालिकाले लगाउने सात प्रकारको खोप लगाएर पूरा गर्नेलाई पूर्ण खोप लगाउनेको सङ्ख्यामा राख्ने गरिन्छ । यो अभियानअन्तर्गत दादुर–रुबेलाको खोप लगाउने र पूर्ण खोप लगाउन बाँकी रहेकाको पहिचान गरि सबैलाई पूर्ण खोप लगाउन अभिप्रेरित गरिने भएको छ ।

भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाउने लक्ष्य अभियानको छ । जसका लागि चार समूहमा स्वयंसेवक परिचालन गरिनेछ । यसका लागि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा १९८ खोप केन्द्र रहनेछ ।

प्रत्येक वडामा कम्तीमा नौ खोप केन्द्र सञ्चालन हुनेछ भने प्रत्येक खोप केन्द्रमा दुईका दरले स्वयंसेविका परिचालन हुनेछन् । यसका लागि ३९६ स्वयंसेवक र ७१ खोप कार्यकर्ता परिचालन हुनेछन् । खोप अभियानमा पाँच हजार ४७१ भाइल खोप र सोही अनुपातमा घोलक र ३६ हजार २८० सिरिञ्जको प्रयोग हुनेछ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार सरकारले पहिलो चरणमा फागुन महिनाभर प्रदेश नं १, २ र पाँचका ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरेको थियो भने दोस्रो चरणमा वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ ।

सरकारकाले पहिलो र दोस्रो चरणको खोप अभियानमा ३० लाख बालबालिकालाई खोप दिइने लक्ष्य राखेको छ । दादुरा र रुबेला खोप अभियान सन् २००४ बाट शुरुआत गरिएको हो । त्यसपछि हरेक चार–चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियान यसअघि सन् २००४, २००८, २०१२ र २०१६ मा सञ्चालन भइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेअनुसार सरकारले सन् २०१९ मा नेपाललाई दादुरा–रुबेला निवारण देश बनाउने लक्ष्य लिएको थियो । तर लक्ष्य हासिल हुन नसकेपछि सन् २०२३ भित्रमा लक्ष्य पूरा गर्नका लागि अभियान सञ्चालन गरेको छ । अहिले ७३ प्रतिशत बालबालिका पूर्ण खोप पाएका छन् भने पूर्ण खोपको लक्ष्य हासिल गर्न ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ ।

सरकारले सन् २०२३ सम्ममा अभियानले दादुरा रुबेला खोप कभरेज ९५ प्रतिशतभन्दा बढी पुर्‍याई दादुरा रुबेला निवारण गर्ने उद्देश्य राखेको छ । प्रत्येक १० लाख जनसङ्ख्यामा पाँचभभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ ।

सरकारले राष्ट्रिय दादुरा खोप अभियानका लागि करिब रु ३० करोड खर्च हुने अनुमान गरेको छ । सोअन्तर्गत नेपाल सरकारको १० करोड र अन्तर्राष्ट्रिय संस्था गाभीले रु २० करोड खर्च गर्ने भएको बताइएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ५ : ३६ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष