विप्लव समूहविरुद्ध प्रहरीको आक्रामक अपरेसन, राजनीतिक समाधान खोज्न सेनाको सुझाव « Khabarhub

विप्लव समूहविरुद्ध प्रहरीको आक्रामक अपरेसन, राजनीतिक समाधान खोज्न सेनाको सुझाव


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–यतिबेला नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएपछि उत्पन्न अवस्थाको विषयमा सिर्जित विषयवस्तुका समाचार प्राथमिकतामा पर्न थालेका छन् ।

आजको नागरिक दैनिकले विप्लव समूहविरुद्ध प्रहरीको आक्रमक अपरेसन शीर्षकमा मुख्य समाचार छापेको छ । सरकारले यो समूहको गतिविधिमा रोक लगाएपछि प्रहरीले आक्रमक अपरेसन शुरु गरेको हो । विप्लव समूहले पहाडी जिल्लामा केन्द्रित गतिविधिलाई तीब्र पारेपछि प्रहरीले अपरेसन शुरु गरेको छ ।

प्रहरीले आवश्यकता अनुसार नियन्त्रित अनुसन्धान प्रविधि र गुप्त कारबाही पद्धति अपनाएर अपरेसन शुरु गरेको छ । तर, नेपाली सेनाले भने यसको राजनीतिक समाधान खोज्न सुझाव दिएको छ । विप्लवका गतिविधिमा बल प्रयोग गर्नु राष्ट्रकै लागि घातक हुने सेनाको ठहर छ ।

त्यस्तै पीएसओ कम, पीए बढी शीर्षकको समाचारमा अहिले नेपालमा भीभीआईपी सुरक्षामा खटिने पीएसओ कम र पीए बढी भएको खबर छ । नेपालमा पीएसओ अंगरक्षक नियुक्तिमा अन्तर्राष्ट्रिय मापदण्ड तथा मूल्य मान्यताको ख्याल गरिएको छैन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ६ : ४४ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी