अवैध अमेरिकी डलरसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ विदेशी पक्राउ | Khabarhub Khabarhub

अवैध अमेरिकी डलरसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ विदेशी पक्राउ


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलर र नेपाली रुपैयाँसहित १ जना सिंगापुर नागरिक पक्राउ परेका छन् ।

सोमबार बेलुकी सिल्क एयरको विमानमार्फत काठमाडौंबाट सिंगापुर जान लागेको अवस्थामा सिंगापुर नागरिक ५७ वर्षी टान घिम चियोङ पक्राउ परेका हुन् ।

राहदानी नम्बर के–०९२६००२जी वाह टानको साथबाट ११ हजार २ सय ७७ अमेरिकी डलर १ लाख २१ हजार ६ सय १५ नेपाली रुपैयाँ बरामद भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।

टानले बोकेको ह्याण्ड ब्याक चेकजाँच गर्ने क्रममा त्यसभित्र अवैध अमेरिकी डलर र नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ५ : १६ बजे

ब्याट्री कारखानामा छापा, तीन सय कोरियाली नागरिक पक्राउ

जर्जिया – अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक