मकवानपुरमा ३ प्रहरी निरीक्षकसहित ३७ जना सम्मानित « Khabarhub

मकवानपुरमा ३ प्रहरी निरीक्षकसहित ३७ जना सम्मानित


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले उत्कृष्ट पदीय जिम्मेवारी निभाउने ३७ जना प्रहरीलाई सम्मान गरेको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालयमा अपराध, लागूऔषध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तीन प्रहरी निरीक्षकसहित ३७ प्रहरीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक ललनप्रसाद कुर्मी, वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारी र प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ रहेका छन् ।

यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक भरतबहादुर दुरा, सुन्दरकुमार कार्की, मनोजकुमार यादव, ओमभक्त कार्की, विमल गिरी र नरसिंह बहादुर देवकोटा सम्मानित भएका छन् ।

इलाका प्रहरी कार्यालय नेवारपानीका सई राजेशकुमार यादव, अपराध अनुसन्धान महाशाखाका सई जनककुमार गिरी पनि सम्मानित भएका छन् । सम्मानित हुनेमा तीनजना प्रहरी सहायक निरीक्षकसहित आठ जना प्रहरी हवल्दार र १७ जना प्रहरी जवान गरी ३७ रहेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १० : ३० बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको