गृहमन्त्रीका भाइले गरे डिल्लीबजार कारागारमा आत्मसमर्पण | Khabarhub Khabarhub

गृहमन्त्रीका भाइले गरे डिल्लीबजार कारागारमा आत्मसमर्पण


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । उनले गत सोमबार जेलमै पुगेर आत्मसमर्पण गरेको रहस्य खुलेको छ ।

कारागार स्रोतले दिएको जानकारी अनुसार अहिले नरेश अहिले कारागारमै रहेका छन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने मुख्य अभियुक्त समिरमानसिंह बस्न्त्यातसँग मिलेर व्यवसायीबाट रकम असुलेको अभियोग थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दा नरेशको सम्पर्क बस्न्त्यातसँग रहेको रहस्य खुलेको थियो।  ब्यूरोले नरेशलाई समेत प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेपनि उनी छुटेका थिए।

थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै उच्च अदालत पाटनले थापालाई  पक्राउ गरी थुनामा राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : ३९ बजे

आगलागीबाट प्रभावितलाई राहत वितरण

काठमाडौँ- नेपाल–भारत मैत्री सङ्घले बाजुराको बूढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा गत

दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

चितवन– व्यावसायिक किट विकास फार्म भण्डाराले दुई जातका धानको मूल

विवादित काश्मीरमा हिन्दु तीर्थयात्रा सुरु

पहलगाम– हिन्दुहरूले बिहीबार विवादित भारतीय काश्मीरमा एक महिना लामो विशाल

बजार अनुगमन तीव्र पार्दै चौदण्डीगढी नगरपालिका

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका मुख्य बजार

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

चितवन– यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण रहेको पाइएको छ