जीपबाट खसेर एक जनाको मृत्यु « Khabarhub

जीपबाट खसेर एक जनाको मृत्यु


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार नजिकै बलेरो जीपबाट खसेर आज एक जनाको मृत्य भएको छ ।

मृत्यु हुनेमा अछाम रामारोशन गाउपालिका–७ का २६ वर्षीय एकेन्द्र बटाला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

देउकलियाबाट राजमार्गतर्फ आउँदै गरेको से १ च १०३४ नम्बरको बलेरो जीपमा सवार बटाला जीपको अगाडिको बायाँ साइडको ढोकाबाट एक्कासी खस्न गई गम्भीर घाइते भएका थिए ।

उपचारका क्रममा उहाँको घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।  जीप चालक घोडाघोडी–२ साडेपानीका हिरामान चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ९ : १५ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर