पोखरा विमानस्थलका ७१ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा | Khabarhub Khabarhub

पोखरा विमानस्थलका ७१ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १ सय ९० चिनियाँ कामदार कार्यरत छन् ।

क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र केही नयाँ कामदार रहेको विमानस्थल प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए ।

कोरोना सङ्क्रमणबारे  स्वास्थ्य सतर्कतालाई विशेष ध्यान दिएर स्वयं कामदार पनि स्वास्थ्यप्रति सचेत रहेकाले नेपाल आएपछि पनि थप १० दिन सेल्फ क्वारेन्टाइन बस्ने गरेको उनले जानकारी दिए ।

प्रमुख मुनाकर्मीले भने, “चीनबाट आउनुभएका नयाँ पुराना कामदार त्यहाँ पनि १४ दिन क्वारेन्टाइनमा बसेर र हेल्थ सर्टिफिकेट लिएर आउनुभएको छ । नेपाल आएपछि पनि सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्कनुहुन्छ ।”

यसअघि पनि ३६ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्किएको र अहिले ७१ पनि त्यसरीनै सेल्फ क्वारेन्टाइनपछि काममा फर्केने उनको भनाइ छ । उनीहरु यही फागुन २१, २२, २३ गते चीनबाट नेपाल आएका थिए ।

सन् २०२१ जुलाईमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त विमानस्थलको हाल ५५ प्रतिशत काम सम्पन्न भएको प्रमुख मुनाकर्मीले जानकारी दिए ।

सम्पन्न मितिको छ महिनाअगावै ९५ प्रतिशत मुख्य काम सकिने उनले जानकारी दिए ।  हाल निर्माणाधीन विमानस्थलमा क्वारेन्टाइनमा राखिएकाबाहेक १९० चिनियाँ र २८० नेपाली कार्यरत छन् । कोरोनाको सङ्क्रमणका कारण एक महिना राम्रोसँग काम हुन नसकेको उनले बताए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले चिनियाँ कामदारको अवस्था सामान्य रहेको र थप सतर्कताका लागि मात्र १० दिन क्वारेन्टाइनमा राख्ने गरेको जानकारी दिए । हाल कोरोना भाइरस र पूर्वरोकथामको लागि १० विषयगत समिति बनाएर कार्य विवरणसहित परिचालन गरिएको डा शर्माले बताए ।

यस क्षेत्रका चार अस्पताल जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा २०, चरक मेमोरियलमा ३०, गण्डकी अस्पतालमा १५ र मनिपालमा १५ गरी कूल ८० आइसोलेसन बेड तयारी अवस्थामा रहेको जानकारी उनले दिनुभयो । पोखरा विमानस्थल र मुस्ताङमा हेल्थ डेस्क राखिएको र गण्डकी प्रदेश हालसम्म सुरक्षित रहको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ९ : ३० बजे

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा दोहोरिए दयाहाङ

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा– माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

तुलसीपुरमा दुई पक्की पुल निर्माण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१  भएर बग्ने भमके खोला  र शान्तिनगर गाउँपालिका–३